Butwal Today

थ्रेसर मेसिनले दुवै औंला चुँडायो

१० मंसिर २०८०, आइतबार
अ+
अ-

नवलपुर, १० मंसिर ।

थ्रेसर मेसिनमा परी पूर्वी नवलपुर कोल्हुवाका एक किसान घाइते भएका छन् ।

जिल्लाको मध्यविन्दु नगरपालिका वडा नम्बर २ कोल्हुवा निवासी ३८ वर्षीय बनदेवी बोटेको आफ्नै खेतमा धान झार्ने क्रममा थ्रेसर मेसिनमा पर्दा मेसिनले उनको दुबै औँला काटी चुँडिएको हो ।

धानको मुट्ठा मेसिनमा राख्ने क्रममा थ्रेसर मेसिनले बोटेको बायाँ हातको चोरी औँला, माईली औँला छिनालेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले बताए ।

बाली भित्र्याउन चटारो परेपछि रातिको समयमा नै धान थ्रेसर लगाउँदा उनको हातको औँला काटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेसिनमा परी गम्भीर घाईते भएकी बोटेको मध्यविन्दु जिल्ला अस्पताल डण्डा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेन्ट्रल अस्पताल भरतपुर पठाईएको र निजको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।