Butwal Today

कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

९ मंसिर २०८०, शनिबार
अ+
अ-

कपिलवस्तु, ९ मंसिर ।

कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउपालिका ३ मा ट्याक्टरको ठक्करबाट स्थानीय २ वर्षीय बालकको मृत्यु भएको हो ।

बहडिलवा गाँउमा लु ४ त १२८० नम्बरको ट्याक्टरको ठक्करबाट प्रेमकुमार कुर्मीको छोरा २ वर्षीय रुपेश कुर्मीको मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक नवरत्व पौडेलका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। पौडेलले ठक्कर दिने फरार रहेको र चालककोे खोजी कार्य भइरहेको बताए ।