ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

लोपोन्मुख कुसुण्डा भाषाको संरक्षण गर्नुपर्छः मन्त्री शर्मा

८ मंसिर २०८०, शुक्रबार
८ मंसिर २०८०, शुक्रबार

दाङ, ८ मङ्सिर ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुसुण्डा भाषाको संरक्षणमा सरकारले काम गरेको र आगामी दिनमा पनि यसको संरक्षणमा लाग्न आवश्यक रहेको बताएकी छन् ।

लोपोन्मुख कुसुन्डाको भाषा तथा सस्कृतिको संरक्षण, उजागर एवं विकासका लागि अनुसन्धानकर्ता उदयराज आलेद्वारा तयार गरिएको वृत्तचित्रको विमोचन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । मन्त्री शर्माले लोप हुन लागेको भाषालाई संरक्षण गरेर पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नमा सहयोग गरेकोमा अनुसन्धानकर्ता उदय आलेलाई धन्यवाद दिइन् । भाषा, संस्कार र संस्कृति संरक्षणका लागि पुरानो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गरेमा मात्र यो जीवित रहने उनले बताइन् । लोपउन्मुख कुसुन्डा भाषा संरक्षणका लागि केन्द्र, प्रदेश र स्थानीय तहले समन्वय गरेर काम गर्नुपर्ने उनले बताइन् । यो भाषालाई संरक्षण गर्न पछिल्लो पुस्ता तयार भएको देख्दा खुशी लागेको उनले बताइन् ।

कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लोप हुन लागेको भाषा संरक्षणमा लागेकोमा खुशी ब्यक्त गरे । यसको संरक्षणका लागि स्थानीय तहले सहयोग गर्ने बताए ।

कुसुन्डा भाषाको अनुसन्धानकर्ता उदयराज आलेले २०७८ को जनगणनामा २ सय ५३ उल्लेख गरिए पनि नेपालभरमा वास्तबिक संख्या १ सय ६२ जना रहेको बताए । कुसुन्डा भाषाको महत्व बुझाउन जरुरी रहेको उनले बताए । अन्य भाषामा बाबु आमाले छोराछोरीलाई सिकाउने प्रचलन रहेको छ भने कुसुन्डाको बच्चाले आफ्नो भाषा सिकेर बाबु आमा वा घरपरिवारलाइ सिकाउनु पर्ने अवस्था रहेको बताए । नेपाल सरकारको सहयोगमा चार चरणमा कुसुन्डा भाषाको दाङको घोराही उपमहानगरपालिका –५ को महेन्द्र मावि धर्नामा कक्षा संचालन गरेर कुसुन्डा समुदाय र गैरकुसुन्डाले पढ्न र लेख्न र वोल्न सक्ने भएका छन् । अनुसन्धानकर्ता उदयराज आलेले भाषा संरक्षणका लागि चारवटा पाठ्यपुस्तक तयार गरेका छन् । सोही पाठ्यपुस्तकलाई अध्ययन गरेर नयाँ पुस्ता कुसुन्डा भाषा जान्ने भएका छन् ।

कुसुन्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले भाषा संरक्षणका लागि नेपाल सरकारले सहयोग गरेकाले पछिल्लो पुस्ताले पढ्न सक्ने भएको बताए । उनले कुसुन्डा भाषाका नागरिक छरिएर भन्दा एकै स्थानमा बसोवास गर्ने वातावरण भयो भने अझ राम्रो हुने बताए ।

अनुसन्धानकर्ता उदयराज आलेले पाँच वर्ष लगाएर तयार पारेको कुसुन्डा समुदायको भेष, भुषा,भाषा, सस्कार, संस्कृति र रहनसहन समेटिएको १९ मिनेटको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?