ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

भुकम्प प्रभावितलाई चिसोबाट बचाउ

७ मंसिर २०८०, बिहीबार
७ मंसिर २०८०, बिहीबार

जाजरकोट भुकम्प प्रभावितहरू भुकम्प गएको करिब तीनसाता हुँदापनि त्रिपाल र टहरामै बस्न बाध्य भएका छन । सरकारको फितलो समन्वयका कारण १० जना भुकम्प पीडितको चिसोकै कारण ज्यान गएको छ । प्रभावितहरूले जाडोको बेलामा पनि टहरा र त्रिपालमै दिनरात बिताउनु परेको भन्दै सरकारप्रति तीब्र असन्तुष्टी जनाएका छन । सरकारले एकद्वार प्रणालीमार्फत राहत संकलन र बितरणको काम गर्ने भनेपनि राहत वितरणमा राजनीति हावी भएको देखिएको छ । सरकारको ढिलासुस्ती र गैरजिम्मेवारीले भुकम्प पीडितहरूले सास्ती पाएका छन । अझैपनि अधिकांश भूकम्प प्रभावितहरू अझै टहरामै बस्न बाध्य छन् । जाडो मौसम शुरू भैसकेको छ । यो वर्ष अति प्रभावित क्षेत्रका भूकम्पपीडितहरू जाडोमा कठ्याग्रिनु पर्ने निश्चितजस्तै छ । सरकारबाट दिने भनिएको अनुदान रकम समयमै उपलब्ध हुन सकेको छैन । विभिन्न राजनैतिक दलका कार्यकर्ताहरूले भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काममा संलग्न हुने भनिएपनि प्रभावकारी काम हुन सकेको छैन । राजनीतिक दल तथा नेताहरूले भूकम्पपीडितहरूलाई सपना बाँड्दै छन् । तर भूकम्पपीडितको अवस्था भने जस्ताको त्यस्तै छ । यो जाडोमा पनि भूकम्पपीडितहरूले जाडोमै टहरामा कठ्याङ्ग्रिनुपर्ने निश्चित छ । नेपाली कांग्रेस र नेकपा एमालेले भुकम्प प्रभावित क्षेत्रमा आफ्ना नेता तथा कार्यकर्तालाई खटाएका छन । त्यहाँ अहिले पुनर्निर्माणको भन्दा पनि चिसोबाट बचाउन नागरिकलाई न्यानोका आवश्यकता छ । त्यसतर्फ सरकार र राजनैतिक दलहरूले बढी चिन्ता गर्नुपर्ने छ । अर्कोतर्फ विदेशबाट भुकम्प पीडितका लागि आएको सहायता सामाग्री बितरणमा समेत मनोमानी भएको र अनियमितता देखिएको छ । सरकारले समन्वय गर्ने भनेको छ तर समन्वयकारी भूमिका निर्वाह गर्न सकेको छैन । कतै भुकम्प पीडितका नाममा आएको सहयोग र सहायता सामाग्री दुरूपयोग हुने चिन्ता बढेको छ ।

भुकम्प प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने काम भनेको स्थानीय जनतालाई चिसोबाट बचाउनु हो । त्यहाँ अहिलेपनि सयौं स्थानीय भुकम्प प्रभावित विरामी परेका छन । सुत्केरीले पोषण पाएका छैनन, उनीहरूको नाबालक बालबालिकाहरूका लागि औषधीको समेत ब्यवस्था छैन । चिसोले हुने दम, निमोनिया लगायतका रोगका कारण थला परेको अवस्था छ । त्यसतर्फ सरकारको ध्यान जानु जरुरी छ । विशेषज्ञ चिकित्सकको खाँचो देखिएको छ । अर्कोतर्फ सरकारले राहत सामाग्री उपलब्ध गराएपनि साँझ विहानको छाक टार्न र पकाउने सामाग्रीको अभाव भएको भन्दै पीडितहरूले गुनासो गरेका छन । त्यसतर्फ सरकारको ध्यान पुगेको छैन । तत्कालका लागि त्यहाँ अझैपनि राहतलाई प्रभावकारी बनाउनु जरुरी छ । त्यसपछि बल्ल पुनर्निर्माणको कामलाई गति दिनुपर्दछ । तसर्थ सरकारले भुकम्प पीडितहरूलाई त्रिपाल र टहरामा बसिरहेकाहरूलाई सुरक्षित बनाउनु जरुरी छ । अधिकांश घर भत्किएकोले तत्कालै सवै घर बनिसक्ने अवस्था नभएको अवस्थामा अन्तर्राष्ट्रिय मापदण्डका सामूहिक बासस्थानको व्यवस्था गर्नु जरुरी छ । त्यसतर्फ सरकारको ध्यान जाओस् । चिसो बढ्दै गएकोले भुकम्प पीडितहरूलाई चिसोबाट बचाउने र उपचार सेवा प्रभावकारी बनाउनेतर्फ कमी नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?