Butwal Today

शान्ति समाज रूपन्देहीद्वारा बटुकहरूलाई न्यानो कपडा सहयोग

६ मंसिर २०८०, बुधबार
अ+
अ-

बुटवल, ६ मंसिर– मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा बटुकहरूलाई न्यानो कपडा वितरण गरेको छ । चिडियाखोलास्थित श्रीकृष्ण प्रणामी सेवा मन्दिरमा आश्रित बटुकहरूलाई ब्लाङ्केट, सिरकका साथै मिठाइ खुवाएर बाल अधिकार दिवस मनाएको हो ।

समाजका केन्द्रिय सचिव मिना ढकाल, जिल्ला सभापति खिमप्रसाद भट्टराइ (कृष्ण), उप–सभापति कपिल ज्ञवाली, सचिव कृष्ण प्रसाद पाण्डे, कोषाध्यक्ष लिलाधर लुईटेल, सदस्य मोहनीलाल न्यौपाने, केशन पाण्डे, युवा बिभागका संयोजक महेश पौडेल लगायतले एक कार्यक्रम गरि बटुकहरूलाई ब्लाङ्केट, सिरक तथा मिठाइ प्रदान गरे । समाजका केन्द्रिय सचिव मिना ढकालले शान्ति समाजको गतिविधिबारे प्रकाश पार्दै दिवसको अवसरमा रुपन्देही शाखाबाट उदाहरणीय कार्य भएको बताईन । श्रीकृष्ण प्रणामी सेवा मन्दिरका अध्यक्ष घनराज पोख्रेलले शान्ति समाजको कार्यप्रति कृतज्ञता जनाउदै आगामी दिनहरुमा थप सहयोगमा सहकार्य गर्न आग्रह गरे ।

कार्यक्रममा रूपन्देही मिष्ठान्न तथा क्याटिङ व्यावसायिक संघका अध्यक्ष लक्ष्मण पोखरेल, बुटवल उद्योेग बाणिज्य संघका सचिव प्रतिक पोखरेल, रूपन्देही डेरी ब्यवसायी समितिका अध्यक्ष रामकृष्ण पौडेल, शान्ति समाजका सचिव कृष्ण प्रसाद पाण्डे, कोषाध्यक्ष लिलाधर लुईटेल लगायतले बाल दिवसको महत्व र अभिभावकको भुमिकाका बारेमा प्रकाश पारेका थिए ।