ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

बिप्रेषणमा भएको बृद्धिले जगाएको आशा

६ मंसिर २०८०, बुधबार
६ मंसिर २०८०, बुधबार

पछिल्लोसमय वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषणमा उल्लेख्य वृद्धि भएको छ । नेपालमा विश्व आर्थिक मन्दीको असर परिरहेको बेला विदेशबाट आउने बिप्रेषणले देशको आर्थिक अवस्थालाई सन्तुलनमा राख्न टेवा पुगेको विश्वास गरिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको तथ्यांक अनुसार उक्त अवधिमा विप्रेषण ३० प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । यस हिसाबले चालू आवको तीन महिनामा प्रतिमहिना औसतमा एक खर्ब २१ अर्ब रुपियाँभन्दा बढी विप्रेषण भित्रिएको छ । गत आवको सोही अवधिमा भने विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो । बिप्रेषणमा भएको बृद्धिले आर्थिक मन्दीको असरले संकुचनमा रहेको अर्थतन्त्रलाई मजबुत बनाउन थोरै भएपनि प्राण भरिएको छ । यसले नेपालको तत्कालको अर्थ व्यवस्थालाई यथास्थितिमै राख्न भएपनि सघाउ पु¥याउने विश्वास गर्न सकिन्छ । नेपालबाट प्रत्येक दिन २५ सयको हाराहारीमा युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम चलिरहँदा पुनः श्रम स्वीकृति लिनेको संख्यामा समेत बृद्धि भएकोले विप्रेषण आप्रवाह पनि बढ्दै गएको देखिएको छ । यसले नेपालको अर्थब्यवस्थालाई खासै सन्तोष दिन नसकेपनि चिन्ता गरिहाल्ने अवस्था पनि छैन भन्ने देखिएको छ । विप्रेषणमा आएको वृद्धि र आयात वृद्धि सुस्ताउँदा मुलुक भित्रिने र बाहिरिने रकमको अन्तर देखाउने शोधनान्तर स्थिति पनि उच्च बचतमा देखिएकोले नेपालको अर्थतन्त्र समेत अहिले जोखिममा नरहेको देखिनु सकारात्मक कुरा हो । आर्थिक मन्दीका कारण देश चलायमान हुन नसकिरहेको बेला आन्तरिक अर्थव्यवस्था मजबुत हुनु खुसीको कुरा हो । यसले अर्थतन्त्रलाई सुरक्षित बनाएर अघि बढ्दै आगामी दिनमा आर्थिक बृद्धिको अपेक्षा पूरा गर्न सहयोग नै पुग्छ । नेपालीहरूका लागि अर्को खुसीको कुरा महँगी जनाउने मुद्रास्फीति असोजदेखि घटने अवस्थामा देखिएको छ ।

असोजमा मुद्रास्फीति ७.५० प्रतिशत कायम छ । जुन गत वर्ष असोजमा ८.५० प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य समूह अन्तर्गत मरमसलाको मूल्य ३८ प्रतिशतसम्मले बढेको छ । त्यसैपनि नेपालीहरूले विदेशबाट पठाउने पैसाले नेपालको आर्थिक उन्नतीमा ठूलो योगदान पुगेको छ । विगतको कोरोना महामारीको बेला समेत नेपाललाई आर्थिक रूपमा चलायमान बनाउने रेमिटान्सले ठूलो सहयोग गरेको विर्सन सकिदैन् । आयात निर्यात लगभग शून्यको अवस्थामा आउँदा पनि अबौं रुपियाँ रेमिटान्सका रूपमा भित्रिएको र त्यसबाट नेपालको बैदेशिक खाता सन्तुलनमा राख्न सहयोग पुगेकै हो । बिप्रेषणले नेपालीको जीवनमा आमूल परिवर्तन आएको छ । यद्यपि यसबाट केही नकारात्मक अवस्था आउनेतर्फ सचेत हुनैपर्दछ । अहिलेपनि बिप्रेषणबाट प्राप्त आयको अधिकांश हिस्सा गैरउत्पादन क्षेत्रमा खर्च भइरहेको छ । अहिले विदेशबाट लगानीको प्रतिवद्धता समेत आएको अवस्था छ । त्यसले पनि अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने ठानिएको छ । चार महिनामा सबैभन्दा धेरै साना उद्योग १७०, मझौला पाँच र तीन वटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको छ । गत असोज महिनामा १६ अर्ब ६० करोड ४३ लाख लगानी प्रतिबद्धता आएको थियो । अघिल्लो भदौ महिनामा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपियाँ प्रतिबद्धता आएको छ । गत साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको छ । साउन महिनामा सबैभन्दा धेरै विदेशी लगानीको प्रतिबद्धता आएको थियो । यसले के देखाउँछ भने नेपालले आत्तिएर होइन अव संयम अपनाएर अर्थतन्त्रलाई बलियो बनाउनेतर्फ प्रयास गर्ने हो भने आर्थिक मन्दीको असर हराएर जाने अवस्था छ । अव नेपालले प्राप्त गरिरहेको बिप्रेषणलाई सदुपयोगका लागि पहल गर्नुपर्ने समय आएको छ । तर त्यसका लागि फेरिपनि नेपालमा आर्थिक लगानीको बाताबरण भने तयार हुनु जरुरी छ । बिप्रेषणले दिर्घकालीन रूपमा नेपाललाई राम्रो गर्दैन भनिएको छ तर तत्कालका लागि यसको बिकल्प छैन । अहिले अर्थतन्त्र धान्ने आधार बिप्रेषण वनेको अवस्थामा आर्थिक सम्मृद्धिको आधार तयार गर्नेतर्फ सरकारले पहल गरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?