ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

आफ्नै वडामा भत्ता पाउँदा दंग !

६ मंसिर २०८०, बुधबार
६ मंसिर २०८०, बुधबार

सल्यान, ६ मंसिर ।  छत्रेश्वरी, १ पलाटेकि ७५ बर्षिय कलावती चन्द यसपटक निकै खुसी छिन । विगतमा परिवारले सदस्यसहित करिव ४५ किलोमीटर टाढा लान्ती स्थित बैंक सम्म सामाजिक सुरक्षा भत्ता लिन जान बाध्य हुने उनी यसपटक आफ्नै वडा कार्यालयमा भत्ता पाउँदा खुसिले दंग छिन् । यस्तै मैयानी गाउँका जेष्ठ नागरिक देव बहादुर खत्री पनि आफ्नै गाउँ नजिकको वडाबाट भत्ता प्राप्त गरेपछी राहतको महसुस गरेका छन् । ७६ बर्षिय चुडामणि खत्रीले आफ्नै ठाउँमा भत्ता भुझ्ने व्यवस्था भएपछी धेरै सजिलो भएको र आगामी दिनहरूमा पनि यो व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।

छत्रेश्वरी गाउँपालिकाले मंगलबारदेखी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाइ सम्बन्धित वडाबाटै भत्ता वितरण सुरु गरेको हो । १ नम्बर वडा कार्यालय मार्फत ६० बर्ष माथिका दलित जेष्ठ नागरिक, ६८ बर्ष माथिका जेष्ठ नागरिक अन्य, पुर्ण अपांगता भएका तथा अति अशक्त अपांगता भएका लाभग्राहिहरूलाइ सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । मंगलबार वडा नम्बर १ का ९२ जना लाभग्राहिलाइ भत्ता वितरण गरिएको वडा अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।

भत्ता वितरण सुरुवात गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, १ नम्बर वडा अध्यक्ष प्रकाश हमालले बैंकमा भत्ता लिन आउंदा र जाँदा भाडामानै धेरै रकम खर्च हुने, अन्य सास्ती हुने भएपछि गाउँ घरकै वडा कार्यालयबाट भत्ता वितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याउने प्रयत्न गरिएको बताए । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने उनीहरूको भनाइ छ ।

सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिएको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लान्ती शाखाका प्रतिनिधि हृदय विष्टले गाउँपालिकाले धेरै पहिले देखि नै वडा बाटै भत्ता वितरणको लागि निर्णय र आग्रह गरेपनी प्राविधिक कार्य मिलाउन केही समय लागेको र यस पटकको सिकाइलाइ आत्मसाथ गर्दै आगामी दिनमा अझै सहज तरिकाले भत्ता वितरणको काम गरिने बताए ।
अहिले पालिकाको प्रशासकीय केन्द्र भोटेचौर नजिक लान्तीमा बैंक रहेको कारण टाढाको वडाबाट आउन जान मात्र धेरै समय लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको प्रवन्ध मिलाइएको हो ।

सो अवसरमा वडा नम्बर १ का जनप्रतिनिधिहरू चुडामणि न्यौपाने, भिम बहादुर शाही, दिपा घर्ती, सुनिता विक लगायत सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका कर्मचारी, अन्य कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको पनि सहभागिता थियो । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक गिता अधिकारीले गरेकी हुन । गाउँपालिकाले बुधबार वडा नम्बर २ को दहखोला, ७ गते वडा नम्बर ५ को लेखपोखरा, १० गते वडा नम्बर ४ को जयचौर, ११ गते वडा नम्बर ३ को मुलखोका र १२ गते वडा नम्बर ७ को राङ्सीमा भत्ता वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?