ट्रेंडिंग:

>> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर 

थोपा सिंचाईंः बाँझो बारीलाई वरदान

५ मंसिर २०८०, मंगलवार
५ मंसिर २०८०, मंगलवार

गुल्मी, ५ मंसिर । तरकारी र फलफूलबालीमा प्रयोग हुँदै आएको थोपा सिंचाईं प्रविधि गुल्मीमा खाद्यान्न बालीमा पनि प्रयोग गरिएको छ । भिरालो जमिनमा पनि थोपा सिंचाई मार्फत खाद्यान्न उत्पादन भएपछि गुल्मीका किसान अहिले नमुना किसानको रूपमा पहिचान बनाउन सफल भएका छन् ।

मेहनत गरे बारी पनि सुन फलाउन सकिन्छ भन्ने उक्ति गुल्मीका एक कृषकले दिएका छन । रोजगारीको सिलसिलामा छ वर्ष दुवई बसेर फर्केका गुल्मी ईस्मा गाउँपालिका वडा नं. २ अन्र्तगत ताल्तुङ्गका अर्जुन कार्कीले मेहनत गरेर बारीमा धान खेती गरेपछि यतिबेला गाउँमा उनको चर्चा बढेको छ । अर्जुनले गुल्मी जिल्लामा पहिलो पटक थोपा सिँचाईको माध्यमबाट सुख्खा बारीमा धान खेती गरेका छन । धान खेती गर्नका पानीको स्रोत भएको समथर जमिन चाहिन्छ भन्ने मान्यतालाई चिर्दै उनले यस पटकदेखि थोपा सिंचाईको माध्यमबाट भिरालो बारीमा धान खेती गर्न शुरु गरेका हुन ।

जिल्लाको ईस्मा गाउँपालिका वडा नं २ अन्र्तगत ताल्तुङ्गका युवा कृषक अर्जुन कार्कीले भिरालो जमिन त्यसमा पनि पानीको स्रोत नै नभएको ठाउँमा पनि धान खेती गर्न शुरु गरेका हुन । उनले गाउँमा नयाँ प्रविधिको प्रयोगसँगै धान खेती गर्न लागेका हुन । बारीमा पनि धान खेती हुन्छ र ? भन्ने मानिसहरू यतिबेला उनले बारीमा फलाएको धान खेती देखेर आफैमा दंग परेका छन ।

ईस्मा ताल्तुङ्गका युवा कृषक अर्जुन कार्कीले थोपा सिंचाईको प्रयोगवाट पाखाबारीमा धान खेती गर्न थालेका हुन । पाखाबारीमा धान खेती गरेको देखेर त्यस क्षेत्रका अन्य कृषकहरू पनि उनको मेहनत र नयाँ प्रबिधि देखेर दंग छन । धान खेती गर्न समथर जमीन र प्रसस्त मात्रमा पानी भएको ठाउँ हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । तर समयको गतिसंगै प्रविधिको विकासका कारण धान फलाउनका लागि समथर जमिन र फाँटमा मात्रै होईन पहाडका भिरालो बारीमा समेत धान खेती गर्न सकिन्छ भनेर कार्कीले गुल्मी जिल्लामा यस पटकदेखि कृषकमाझ नयाँ सन्देश प्रवाह गरेका छन् ।

कार्कीले थोपा सिंचाइ प्रविधि र सघन धान खेती प्रणालीको माध्यमबाट जिल्लामै पहिलो पटक आफ्नो बारीको दुई रोपनी भिरालो जमिनमा सफलता पूर्वक धान खेतीको सुरुवात गरेका हुन । उनले यसपटक च्यानपियन हाईब्रेड नामक धान रोप्नु भएको थियो । उनले पहिलो पटक शुरु गरेको उक्त धान खेतीवाट यसपटक सात मुरी जति धान उत्पादन गरेको बताए । उक्त धानको चामल खानमा पनि स्वादिलो र अत्यन्तै मिठो हुने उनको भनाइ छ ।

खेतमा धान रोप्दा प्रसस्त पानीमा चाहिन्थ्यो भने बारीमा रोप्दा पानी नभए पनि सुख्खा जमिनमा थोपा सिंचाईको माध्यमबाट धान फलाउन सकिन्छ भनेर प्रमाणित गरिदिएका छन । यो धान खेतमा रोपेको धान भन्दा चाँडो पनि पाक्ने गर्दछ । थोपा सिंचाईको प्रयोगबाट बारीमा रोपेको धानको उत्पादन राम्रो भएको भन्दै कार्किले थोरै मेहनत गरेर धेरै धान फलाउन सकिने बताए । कार्किले आउँदा दिनमा यसैगरी धान खेती विस्तार गर्ने र अरूलाई पनि बारीमै धान खेती गर्न सकिन्छ भनेर सुझाब दिने योजना बनाएको बताए । दुवई बस्दा ग्रिन हाउस भित्र बालुवामा ईस्प्रीङकलले पानी राखेर धान खेती गरेको देखेपछि अर्जुनले पनि घर फर्केपछि त्यसैको प्रेरणावाट आफुले पनि बारीमा धान खेतीगर्न सकिन्छ भनेर कृषि कर्ममा लागेको बताए ।

अन्य खाद्यान्न बालीको तुलनामा धान धेरै फल्ने र धानमा बादर, बँदेल जस्ता जङ्गली जनावरले कम क्षेती गर्ने हुँदा बारीमा धान खेती प्रभावकारी हुने उनको भनाई छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले गुल्मीमा थोपा सिँचाइ प्रविधि र सघन धान खेती प्रणाली विधिबाट धान खेती सफल भएको बताएका छन । उनले आउँदा दिनमा जिल्लाका अन्य ठाउँहरूमा पनि यो प्रविधिलाई विस्तार गर्नका लागि कृषकहरूलाई यसको बारेमा जानकारी गराउने बताए ।

यसवाट परम्परा खेती प्रणालीबाट भन्दा आधुनिक प्रविधिको माध्यमबाट खेतीपाती गर्ने हो भने गाउँघरमा बाँझिएका जग्गाको पनि सदुपयोग हुनुका साथै कृषिमा आत्मनिर्भर बन्न समेत टेवा पुग्ने कार्यालय प्रमुख भण्डारीले बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?