Butwal Today

केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा

५ मंसिर २०८०, मंगलवार
अ+
अ-

पोखरा ।

पोखरामा बिहिवारबाट सुरु हुने केपी ओली कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलेले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सबै पूरा भएको जनाएको हो । प्रतियोगिताको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । आइसिसीको नियम अनुसार खेलाइने प्रतियोगितामा ७७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।