Butwal Today

बाजुरामा भुकम्पको धक्का

४ मंसिर २०८०, सोमबार
अ+
अ-

बाजुरा ।

बाजुरामा सोमबार विहान ११ बजेर ३७ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ ।

छिमेकी जिल्ला बझांग जिल्लामा धमेना केन्द्रविन्दु बनाएर ४ दशमलव ५ म्याग्नेच्युडको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

कार्तिक १७ गते जाजरकोट जिल्लामा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ८ म्याग्नेच्युडको भुकम्पपछि लगातार पराकम्प गइरहेको भुकम्प मापन केन्द्र सुर्खेतले बताएको छ ।