ट्रेंडिंग:

>> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ

विश्व टेलिभिजन दिवस

४ मंसिर २०८०, सोमबार
४ मंसिर २०८०, सोमबार

आज विश्व टेलिभिजन दिवस । ‘टुडे टिभी’ भन्ने नाराका साथ आज विश्वभर टेलिभिजन दिवस मनाईदै छ । विश्व टेलिभिजन दिवस मनाउन थालिएको लामो समय भइसकेको छ । पछिल्लोसमय सूचना साम्राज्य र बढ्दो सामाजिक सञ्जालका कारण टेलिभिजनको महत्व घटदै गएको हो कि भन्ने आभास हुन थालेको छ । घरका भित्तामा सजिने टेलिभिजन अव हरेक ब्यक्तिका मोवाईल र क्यामराले विस्थापित गर्न थालेको छ । टेलिभिजनको महत्व साँघुरिँदै जाँदा यसले पु¥याएको योगदान भने कहिल्यै बिर्सन सकिदैन् । अहिलेपनि टेलिभिजनको युग समाप्त भएको छैन । तर, टेलिभिजनको प्रभावकारीता भने घट्दै गएको अनुभूति भैरहेको छ । नेपालकै कुरा गर्दा राणाहरूले आफ्नो दरबारमा सजाउनकै लागि बेलायतबाट टेलिभिजन ल्याएको इतिहासमा उल्लेख छ । विक्रमसम्बत २०४२ सालमा पहिलोपटक नेपाल टेलिभिजन सुरु भएपछि यसको लोकप्रियतमा बृद्धि भयो । एक समय यस्तो थियो– टेलिभिजन हेर्नकै लागि के गाउँ अनि के शहर दर्शकको लाईन लाग्थ्यो । गाउँघरमा मानिसहरू घण्टौं हिँडेर टेलिभिजन हेर्न जान्थे । टेलिभिजनमा आउने धाराबाहिक श्रृंखलाले हरेक घरमा टेलिभिजनको रौनक हुन्थ्यो । नेपालका मात्रै होइन एकसमय भारतीय धाराबाहिक टेली श्रृंखलाले दिन कटाएको पत्तै हुँदैन्थ्यो । अहिले सामाजिक सञ्जालको कारण घरका भित्तामा टाँगिएका टेलिभिजनका सिसामा माकुरा लागेको अवस्था छ । सामाजिक सञ्जालको प्रयोगले टेलिभिजन हेर्ने दर्शकको संख्यामा भारी कटौती गरेको छ ।

यद्यपि तराईमा भन्दा पहाडी क्षेत्रमा अझैपनि टिभीको लोकप्रियता छ । तर त्यहाँ पनि इण्टरनेटले टिभी विस्थापित हुने अवस्था आईसकेको छ । निश्चितरूपमा टेलिभिजनले हाम्रो समाजमा पार्न सक्ने प्रभाव र यसको बढ्दो प्रभावकारिताका कारण नै संयुक्त राष्ट्रसंघले महासभामार्फत विश्व टेलिभिजन दिवस मनाउन थालिएको हो । विश्वका विभिन्न देशमा भइरहेका राजनीतिक गतिविधि, राजनीतिक परिवर्तन, शान्ति यात्रा, सुरक्षा लगायतका विषयले समाजको सुरक्षामा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले यो दिवस मनाउन थालेको हो । टेलिभिजन विश्वजगतमा सञ्चारको एउटा माध्यम बनेको मात्र छैन, हाम्रा विचार र निर्णयलाई प्रभाव पार्ने मात्र होइन, हामीलाई सूचित गर्न, मनोरञ्जनका लागि र कुनैपनि निर्णय लिन सहयोग गरिरहेको बिर्सन सकिदैन् । २१ वर्षका फिलो टेलर फन्सवर्थले पहिलोपटक सन् १९२७ मा टेलिभिजन आविष्कार गरेको मानिन्छ । यद्यपि टेलिभिजनको आविष्कार उनी एकजनाको प्रयासबाट मात्र भएको होइन । त्यसैले टेलिभिजनको आविष्कारको पंक्तिमा चाल्र्स फ्रान्सिस जेन्किन्स, जोन लेगी बेयर्ड र केन्जिरो ताकायानागी फन्सवर्थको नाम आउँछ ।

अव टिभीमात्र होइन पछिल्लो समय आमसञ्चार वा सूचनाका लागि भिडियोको प्रयोग बढ्न थालेको छ । मोबाइलमा होस् या अन्य कुनै डिभाइसमा भिडियोको प्रयोग बढ्दै गएको छ । टिभी मोबाइलमा खुम्चिएको छ । तर, यसको महत्व भने घटेको छैन । पछिल्लोसमय नेपालमा अनलाइन टिभीको अभ्यास सुरु भइसकेको छ । टिकटक, रिल, इन्स्टाग्राम जस्ता अनगिन्ति डिभाईसहरू प्रयोगमा आउन थालेका छन । तीनमा दर्शक झुम्मिन थालेका छन । टिभीमा आउने कार्यक्रमहरू अब हात हातमा मोबाइलमा नै हेर्न सक्ने भएका छौँ । बढ्दो सूचना प्रविधिको विकासले नयाँ नयाँ प्रविधिको प्रयोग बढेतापनि टेलिभिजनले पु¥याएको योगदानलाई बिर्सन सकिदैन् । आजपनि विश्व घटनाको पहुँचका लागि टेलिभिजनलाई विश्वसनीय आधार मान्ने गरिएको छ । तसर्थ विश्व टेलिभिजन दिवसको अवसरमा टेलिभिजनको विश्वसनीयतालाई अझै ब्यापक बनाउनु जरुरी छ । जसरी यो बर्षको नारा छ– टुडे टिभी, त्यसरी नै टुडेमात्र होइन, टुमारो पनि टिभीको आवश्यकतालाई मनन गर्नुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?