Butwal Today

काठमाडौंमा ३० दिनसम्म निषेधित क्षेत्र घोषणा, प्रदर्शन र जुलुस गर्न रोक

४ मंसिर २०८०, सोमबार
अ+
अ-

काठमाडौं,४ मंसिर । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरमण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको माइतीघरमा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेको हो ।

पुतलीसडकको पद्मोदय मोडदेखि सर्वोच्च अदालत, माइतीघर हुँदै नयाँ बानेश्वरसम्म कुनै पनि भेला वा प्रदर्शनजन्य कार्यक्रम गर्न नपाइने गरी प्रशासनले आदेश जारी गरेको छ। मंसिर ४ गतेदेखि ३० दिनसम्म यो निषेधाज्ञा कायम हुने प्रशासनले जनाएको छ।

मंसिर ७ गते काठमाडौंमा हुन लागेको दुर्गा प्रसाई र युवा संघको प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।