ट्रेंडिंग:

>> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली

लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

२ मंसिर २०८०, शनिबार
२ मंसिर २०८०, शनिबार

बुटवल, २ मंसिर । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण थालिएको छ । १ सय ८ बर्ष पुरानो रसियाको सेन्ट पिटरबर्ग स्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण गरिने भएको हो । रुसको नेपालस्थित दुतावास, रुस नेपाल मैत्री संघ, रुसी बौद्ध मन्दिर निर्माण फाउण्डेशन र रुसका बौद्धमार्गीहरूको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रूपैयाँको लगानीमा निर्माण सुरु भएको रूसी गुम्बा नेपालका संयोजक ई.प्रविण गौचनले जानकारी दिए ।  लुम्बिनी क्षेत्र विकास कोष भित्र रहेको १ विघा क्षेत्रफल जमिनमा रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भई सन् २०२५ मा निर्माण सम्पन्न हुने लक्ष्य रहेको गौचनले बताए ।

एक समारोहका बिच रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुगांसहित आएको भिक्षुहरूको बौद्ध पाठपरायणसहित रसियन राजदुत असेक्सेई नोभिकोभले मन्दिर निर्माणको शिलन्यास गरेका हुन । सो अवसरमा रसियाबाट आएका बौद्ध भिक्षु लामाहरू बुदा बदमाएफ, जम्बालभ छिरिगंछाप, नान्जतोफ रिचेलाभ, चिल्गासेफ रमनले विशेष बौद्ध पाठपरायण गरेका थिए । नेपालको सिई कन्सट्रक्सनले साढे दुई तले मन्दिर निर्माण सुरु गरेको छ।

रुसी दूतावास मार्फत् लुम्बिनी विकास कोषसँग सन् २०१९ मा सम्झौता सम्पन्न भई हाल सन् २०२३ मा निर्माण सुरु भएको हो । जहाँ रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचनाको डिजाइन गरिएको छ । शिलन्यास कार्यक्रममा बोल्दै रसियन राजदुत नोभिकोभले नेपाल रसिया मैत्री सम्बन्धमा संस्कृति आदान प्रदान उद्देश्यसहित बुद्ध जन्मभूमिको जमिनमा रसियन गुम्बाको निर्माण सुरु गरेको बताएका थिए ।
उनले शान्तिको सन्देश बुद्धभूमि लुम्बिनी नेपालदेखि रसियाको सम्बन्ध थप प्रगाढ बन्ने बताए । साथै राजदुतले नेपाल रसिया सम्बन्धमा लुम्बिनीको ‘रुसी बौद्ध मन्दिर’ कोसेढुङ्गा सावित बन्दै भावी पिडिका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

शिलन्यास समारोहमा रूस नेपाल मैत्री समाजका उपाध्यक्ष दिनानाथ राज भण्डारीले दुई देशबीच द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने यो प्रयास संस्कृति संरक्षणमा बुद्धभूमि नेपालको पहिचान थप उजागर बनेको स्पष्ट पारे । रूसी बौद्व समाजका अध्यक्ष अलेक भयासिलोले मन्दिर निर्माणले नेपाल संसार शान्ति स्रोत राष्ट्र बन्न सक्ने बताए । लुम्बिनी विश्व विद्यालयका उपकुलपति डा सुवर्णलाल ब्रजाचार्यले लुम्बिनीबाट प्रवाह हुने शान्ति सन्देशलाई संसारभरका मानव जातिले महत्वका हेर्ने दावी गरे ।

नेपालको तर्फबाट रुसका लागि भूतपूर्व राजदुत ऋषिराम घिमिरेले नेपाल र रसियाबीचको सम्बन्ध आपसी सहयोग, सद्भाव र मैत्रीको प्रतिकका रूपमा रहेको उल्लेख गर्दै बुद्ध भूमिको महत्व बढाउन नयाँ कडि भएको उल्लेख गरे । नेपालले रुसको सदाशयतालाई सम्मान गरेर त्यसबाट लाभ लिनुपर्ने एनआरएनएका केन्द्रिय अध्यक्ष डा।बद्री केसीले बताए । उ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?