Butwal Today

प्यूठानमा आमाछोरा मृत फेला

२ मंसिर २०८०, शनिबार
अ+
अ-

प्यूठान ।

प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्वर ३ स्थित काईया खवाङमा आमाछोरा मृत फेला परेका छन् ।

२२ वर्षीया रिमा बुढामगर र उनका तीन वर्षिय छोरा मुस्कान बुढामगर मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान चलिरहेको इलाका प्रहरी कार्यालय बाहानेका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक इश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।