ट्रेंडिंग:

>> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा

प्रतिबन्ध हटाउन माग गर्दै टिकटकले नेपाललाई पठायो ७ बुंदे पत्र

१ मंसिर २०८०, शुक्रबार
१ मंसिर २०८०, शुक्रबार

बुटवल,१ मंसिर । टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै टिकटकको मुख्यालयले नेपाल दूर सञ्चार प्राधिकरणलाई ७ बुंदे पत्र पठाएको छ । प्रतिबन्ध लगाउने निर्णय नेपाल सरकारसँगको हालैको नियमित सहकार्य विपरीत भएको टिकटकले बताएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, सीआईबी र साइबर ब्युरोसँग टिकटक प्लेटफर्म बारे थुप्रै भौतिक कार्यशालाहरू सम्पन्न गरेको र साइबर ब्यूरोका लागि समेत हालै ट्रस्ट एण्ड सेफ्टी इन्फोर्समेन्ट टुल टीएसईटी समेत खुलाएको विवरणले नेपाल सरकारसँग सहकार्यको दृढतालाई उजागर गरेको टिकटकले जनाएको छ । टिकटकको दक्षिण एसिया कार्यालयका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख
फर्डुस मत्ताकिनले लेखेको पत्रमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय लिनुको स्पष्ट कारण समेत खुलाइदिन सरकारसंग माग गर्दै टिकटकलाई इन्टरनेटकै सुरक्षित स्थान बनाउन महत्त्वपूर्ण कदम चाल्दै गरेको र त्यसका लागि हामी ठूलो लगानी समेत गर्न गइरहेको बताएको छ । यस्तो मनपरी ढङ्गको प्रतिबन्धको साटो प्रतिस्पर्धाको समान धरातलका लागि सरकारको ठोस सहयोग प्राप्त भएको खण्डमा लक्ष्य प्राप्तिको लामो बाटोमा अघि बढ्न सकिने टिकटकले स्पष्ट पारेको छ ।

यस्तो छ टिकटकले पठाएको पत्र : 

प्रिय सर, नेपाली जनताका निम्ति मोबाइलको छोटो भिडिओका लागि विश्वकै प्रमुख माध्यमको रूपमा रहेको टिकटक मार्फत रचनात्मक अभिव्यक्तिको स्वतन्त्रता प्रवर्द्धन गर्ने कार्यमा तपाईंबाट नियमित रूपमा प्राप्त सहयोगका लागि धन्यवाद छ ।

टिकटक प्रतिबन्ध तथा ब्लक गर्ने नेपाल सरकारको निर्णयलाई लिएर आज तपाईंको कार्यालयमार्फत प्राप्त ईमेलले हाम्रो गम्भीर ध्यानाकर्षण गरेको छ । दशौं लाख नेपाली नागरिकहरू आफ्नो रचनात्मकता प्रदर्शन गर्दै अनि आनन्द लिंदै हाम्रो समुदायको हिस्सा बनिरहेको अवस्थामा हामी आश्चर्य चकित भएका छौं ।

समयको छोटो कालखण्डमा हामीलाई नेपालका सबै धर्म, संस्कृति र सामाजिक तथा आर्थिक तह तप्काका नागरिकले अँगाल्दै आएका छन् । जसले सूचना, शिक्षा, मनोरञ्जन र अभिप्रेरणा प्राप्त गर्न हाम्रो माध्यम उपयोग गरिरहेका छन् । यो प्रतिबन्धले केवल हाम्रो लगानी योजनामा बाधा उत्पन्न गर्ने मात्रै नभई त्यससँगै यसले हाम्रा नेपाली कन्टेन्ट क्रियटर, खासगरी युवा वयस्कमा गम्भिर आर्थिक असर समेत पार्नेछ । टिकटकमा अधिकांश रूपमा निर्भर नेपाली व्यवसायहरूले आफ्नो उत्पादनको बजारिकरण गर्न हाम्रो माध्यम प्रयोग गरेरै व्यवसाय चलाइरहेका थिए । यो प्रतिबन्धको परिणाम स्वरूप यस्ता व्यवसायहरूमा धेरै हदसम्म नकारात्मक असर पर्नेछ ।

प्रयोगकर्ताको सुरक्षा टिकटकको प्रमुख प्राथमिकताको विषय हो र हामी हाम्रो समुदायका लागि सुरक्षित र स्वागतयोग्य वातावरण प्रवर्द्धन गर्न प्रतिबद्ध पनि छौं । एउटा विश्वव्यापी माध्यम हुनुको नाताले, जहाँजहाँ टिकटक सञ्चालन भइरहेको छ, त्यहाँ हजारौं कर्मचारीहरू हाम्रा प्रयोगकर्ताका लागि सुरक्षित वातावरण कायम राख्न लागिपरेका छन् । हामी नीति, प्रविधि र मोडरेसनको संयोजनमार्फत हाम्रो कम्युनिटी गाइडलाइन्स उलङ्घन गर्ने सामग्री तथा व्यवहारलाई सम्बोधन गरिरहेका छौं, जसमा अकाउन्ट र कन्टेन्ट हटाउने विषय समेत पर्न सक्छ ।

अगाडि हाम्रो ११ सेप्टेम्बर, २०२३ को पत्रबाट नेपालमा हाम्रो माध्यम सञ्चालनार्थ भएका हाम्रा पछिल्ला प्रयासहरू उजागर गर्न चाहन्छौं ।

१. हामीले ३ नोभेम्बर २०२३ का दिन गृह मन्त्रालयको साइबर अपराध नियन्त्रण तथा साइबर सुरक्षा समितिसँग भेटेका थियौं । उक्त बैठकका क्रममा हामीले नेपाल सरकारसँग सहकार्यको प्रतिबद्धतासँगै हाम्रो कार्यसञ्चालन तथा मोडेरेसनको विस्तृत प्रक्रिया प्रस्तुत गरेका थियौं ।

२. हामीले गैरसरकारी संस्था, टिकटक क्रियटर, नागरिक समाज, कानून कार्यान्वयन गर्ने अधिकारी र सरकारी प्रतिनिधि लगायत थुप्रै सरोकारवालाहरूको उपस्थितिमा ५ अक्टोबर २०२३ का दिन काठमाडौंमा इन्टरनेट सेफ्टी समिट आयोजना गरेका थियौं ।

३. हामीले नेपालमा संयुक्त रूपमा इन्टरनेट सुरक्षा सचेतना अभियान सञ्चालन गर्न ४ अक्टोबर २०२३ का दिन नेपाल दूरसञ्चार प्राधिकरणसँग एमओयू अर्थात् आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका थियौं ।

४. हामीले ७ जुन २०२३ का दिन स्थानीय कानून उलङ्घन गर्ने कुनै पनि सामग्रीको विषयमा सरकारले रिपोर्ट गर्न सक्ने ट्रस्ट एण्ड सेफ्टी इन्फोर्समेन्ट टुल टीएसईटी को पहुँच नेपाल सरकारका लागि खुलाएका थियौं ।

५. हामी २९ अगस्ट २०२३ का दिन नेपालमा डिजिटल सर्भिस ट्याक्स पेयरको रूपमा दर्ता भएका छौं ।

६. हामीले अक्टोबर २०२२ देखि जुन २०२३ को बीचको अवधिमा हाम्रो कम्युनिटी गाइडलाइन्स उलङ्घन गर्ने २९ लाख ८० हजार भिडिओ नेपालमा हाम्रो प्लेटफर्मबाट हटाएका छौं ।

७. हामीले नेपाल दूरसञ्चार प्राधिकरण, सीआईबी र साइबर ब्युरोसँग हाम्रो प्लेटफर्म बारे उनीहरूको ज्ञान र बुझाई अभिवृद्धि गर्न थुप्रै भौतिक कार्यशालाहरू सम्पन्न गरेका छौं । त्यसका साथै हामीले साइबर ब्यूरोका लागि समेत हालै ूट्रस्ट एण्ड सेफ्टी इन्फोर्समेन्ट टुल ९टीएसईटी०ू खुलाएका छौं ।

माथिको सङ्‌क्षिप्त विवरणले नेपाल सरकारसँग हाम्रो सहकार्यको दृढतालाई उजागर गर्छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय नेपाल सरकारसँगको हाम्रो हालैको नियमित सहकार्य विपरीत छ । टिकटक प्लेटफर्म र प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्नेतर्फ अगाडिको संलग्नताका लागि नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छ । यसका साथै हामी टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय लिनुको स्पष्ट कारण समेत खुलाइदिन अनुरोध गर्दछौं ।

हामी टिकटकलाई इन्टरनेटकै सुरक्षित स्थान बनाउन महत्त्वपूर्ण कदम चल्दैछौं र त्यसका लागि हामी ठूलो लगानी समेत गर्दैछौं । यस्तो मनपरी ढङ्गको प्रतिबन्धको साटो प्रतिस्पर्धाको समान धरातलका लागि सरकारको ठोस सहयोग प्राप्त भएको खण्डमा लक्ष्य प्राप्तिको लामो बाटोमा अघि बढ्न सक्छौं ।

नेपालमा हाम्रो समुदायको सुरक्षित वृद्धिका लागि आगामी कदम चाल्ने सवालमा सरकारसँग हाम्रो रचनात्मक सम्बन्ध जारी रहन सकोस् भन्ने कामना गर्दछौं । त्यसो गर्ने अवसरका निम्ति नेपालमा टिकटकले प्रतिस्पर्धाको समान धरातल पाउने र सहयोगी वातावरण उपलब्ध गराउने तर्फ सरकारले भविष्यमा प्रयास गर्नेछ भन्ने आशा पनि व्यक्त गर्दछौं ।

सन्तोषजनक आधार बिना रचनात्मक अभिव्यक्तिका लागि धेरैले प्रयोग गर्ने प्लेटफर्ममाथि प्रतिबन्ध लगाउनु वाक तथा अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्त विपरीत हुनेमा हाम्रो दृढ विश्वास छ । नेपाल सरकारबाट उठाइएका कुनै पनि सरोकारका विषयलाई सम्बोधन गर्न र दुवै पक्षको चासोलाई समेट्ने तर्फ काम गर्ने नै छौं, धन्यवाद ।

 

तपाईंको आज्ञाले,

फर्डुस मत्ताकिन

प्रमुख, सार्वजनिक नीति तथा सरकारी सम्बन्ध( दक्षिण एसिया

(नोटः प्रस्तुत सामग्री टिकटकले नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल सरकारलाई पठाएको अंग्रेजी भाषाको पत्रको अनुवाद हो । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?