Butwal Today

राष्ट्रपति पौडेलले लगाए दुई बहिनीको हातबाट भाइटीका

२९ कार्तिक २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा दुई बहिनीको हातबाट भाइटीका लगाएका छन्।

उनले बहिनीहरु शारदा पण्डित र चन्दा ओझाको हातबाट  राष्ट्रपति निवास शीलतनिवासमा भाइटीका लगाएका राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ। बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा उनले दुई बहिनीको हातबाट तिहारको भाइटीका ग्रहण गरेका हुन्।

दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर आज भाइटीका पर्व मनाइँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?