Butwal Today

महिला टी-२० : जितका लागि नेपालले पायो ११६ रनको लक्ष्य

२९ कार्तिक २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

चार देश सम्मिलित महिला टी २० आई सिरिजमा नेपालले जितका लागि १ सय १६ रनको लक्ष्य पाएको छ।

हङकङस्थित वाङ नाइमा टस जितेर पहिले ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको हो।

नेपालका लागि संगिता राईले  २ विकेट लिइन्। पूजा महतो, रुविना क्षेत्री र कप्तान इन्दु बर्माले समान एक/एक विकेट आफ्नो नाममा गरे।

तान्जानियाका लागि हुडा अमोरीले सर्वाधिक २५ रन बनाइन्। २६ बलमा २ चौका हानेकी हुडा रन आउट भइन्।

एलिसा महतो २१ रनमा क्याच आउट भइन्। ओपनर सौम एमताइले  १६ रन बनाएर पवेलियन फर्किइन्।

कप्तान फतुमा किबासु ११ रन बनाउँदा रुविनाको बलमा बोल्ड भइन्। मोनिका पास्कल १० रन बनाउँदा क्याच आउट भइन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।