ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

भाईटिका सदभावको पर्व बन्दैः अजिजले लगाए यशोदा दिदीसँग टिका

२९ कार्तिक २०८०, बुधबार
२९ कार्तिक २०८०, बुधबार

कपिलवस्तु, २९ कात्तिक ।

कपिलवस्तु नगरपालिका वडा नम्बर २ लम्तियाका अजिज खानले यस बर्ष पनि भाई टिका लगाए । मुस्लिम धर्मावलम्बी उनले कपिलवस्तु नगरपालिका वडा नं. ३ क्याम्पसटोल स्थित धर्मदिदी यशोदा राना सँग भाई टिका लगाएका हुन । उनले यसरी दसै, भाई टिका र रक्षाबन्धन बाँध्न थालेको १२ बर्ष भयो । अजिजले तिहारमा मात्रै होईन दसैमा पनि यशोदाको परिवारमा आमा हुममाया रानाको हातबाट टिका लगाएका थिए । उनी सहित यशोदाका भाई केशव र कपिलवस्तु नगरपालिका १ का सन्दिप गुप्ता तथा दुर्गेश गुप्तालाई यशोदाले यस बर्ष रक्षा बन्धन र भाईटिका लगाईन् । अजिजले दाजुहरु नारायण, केशव, दुर्गेश र सन्दिप सगै भाई टिका लगाउछन । यस बर्ष दाजु नारायण बिदेश भएकाले चार जनाले मात्र भाई टिका लगाए ।

आफु कपिलवस्तु बहुमुखी क्याम्पस पढदा बुवा लालबहादुर राना क्याम्पसमा कार्यरत थिए । केही बर्ष अघि स्वर्गीय भएका लाल बहादुरले अजिजलाई छोरा जस्तै माया गर्थे । उनी त्यही समय देखि नै राना परिवारको सदस्य सरह बन्न पुगे । २०६९ सालदेखि अजिजले रक्षाबन्धन, दसै र भाईटिकामा परिवारकै सदस्य सरह नै राना परिवार सहभागिता जनाउँदै आएका छन् । यसअघि ३ बर्ष दाजु नारायण र भाई केशव वैदेशिक रोजगारीमा हँुदा यशोदाले अजिजलाई नै रक्षाबन्धन र भाईटिका लगाएकी थिईन् । अजिजको घरमा बुवा आमा, चार दाजु भाई र चार दिदी बहिनी छन् । अजिजको परिवारले मनाउने चाडहरु ईद, बकरइदमा दिदी यशोदा सहित उनका परिवारका सदस्य समेत सहभागी हुने गरेका छन् ।

अजिजले यसरी आफु सामाजिक सदभावमा जोडिनुको श्रेय बुवा सत्तारलाई दिन्छन् । अजिजका बुवा सत्तार मुसलमानलाई पनि लम्तिया गाँउकै ईन्द्रा गुप्ताले रक्षा बन्धन बाध्ने गरेकी छन् । बुवा सत्तार वैदेशिक रोजगारीमा कतार गएर धेरै वर्ष उता बसेपछि ईन्द्राले अजिजका चार दाजु भाईलाई नै रक्षा बन्धन बाँध्न थालिन् । भारतमा विवाहित भए पनि आफ्ना ३ दाजुभाई र अजिजका बुवा सत्तारलाई रक्षा बन्धन बाँध्न हरेक बर्ष ईन्द्रा नेपाल आउने गरेकी छन् । प्रेरणाको श्रोत बुवा नै भएको अजिज बताउँछन् । समाजलाई एकतामा बाँध्न र एक अर्काको चाड पर्वलाई सम्मान गर्न बलियो उदाहरण बनेको उनको अनुभुती छ । “धर्म भन्दा माथि सम्बन्ध हुन्छ । मेरो चाड पर्वमा उहाँहरु आउनु हुन्छ । म रक्षा बन्धन, दसै र भाई टिका लगाउन जान्छु” अजिजले भने । यशोधरा गाउँपालिका वडा नम्बर ३ वसन्तपुरको श्रीकृष्ण धार्मिक माविका निमावि तहका शिक्षक समेत रहेका उनले आफुहरुले दिने उदाहरण आफ्ना विद्यार्थीले पनि सिको गर्ने बताउँछन् । दिदी यशोदासँग हरेक वर्ष भाई टिका लगाउँदा खुसी लाग्ने गरेको यशोदाका अर्का भाई दुर्गेशले बताए ।

यता भाईहरु अजिज, सन्दिप र दुर्गेशलाई रक्षाबन्धन, दसै र भाईटिका लगाउन पाउँदा साह्रै खुसी लाग्ने गरेको यशोदाले बताईन् । “हामी सबै परिवारका सदस्य हौं । दाजुभाईहरु सँगै हाँसीखुसी चाडपर्व मनाउँदा धेरै नै खुसी लाग्ने गरेको छ” यशोदाले भनिन् । सामाजिक सद्भाव कायम गर्न तथा एक अर्काको पर्वको सम्मान गर्नका लागि यो बिषय गतिलो उदाहरण बन्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?