Butwal Today

युद्धग्रस्त गाजामा इन्धन अभावले विषम परिस्थिति सृजना

२८ कार्तिक २०८०, मंगलवार
अ+
अ-

बुटवल,२८ कात्तिक । संयुक्त राष्ट्रसंघ एजेन्सीले इजरायल र हमास बीच जारी द्वन्द्वका कारण इन्धनको अभावले युद्धग्रस्त गाजामा एजेन्सीका गतिविधि दुई दिन भित्र बन्द हुने चेतावनी दिएको छ ।

‘गाजामा मानवीय कार्य आगामी ४८ घण्टामा रोकिनेछ किनकि कुनै इन्धन गाजामा प्रवेश गर्न अनुमति छैन’, एजेन्सी गाजा प्रमुख थोमस ह्वाइटले ट्विटरमा लेखेका छन्। इन्धन अभावले यहाँ अस्पताल लगायत अत्यावश्यक सेवा प्रदायक निकायले समेत सेवा दिन नसक्ने विषम परिस्थिति सृजना भएको छ।

इजरायली आक्रमण​का कारण उत्तरी गाजा पट्टीमा प्यालेस्टिनी अस्पतालहरूले समेत सेवा बन्द गरेका छन्। इजरायली आक्रमण र इन्धन सकिएका कारण अल अहलीबाहेक सबै अस्पताल सेवा प्रदान गर्न असमर्थ भएका छन् ।