ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु
१५ नेवा गुठी, खल, समाजहरुले मनायो बुटवलमा भब्य नया वर्ष

हामी सबैको सम्वत ‘नेपाल सम्वत’

२८ कार्तिक २०८०, मंगलवार
२८ कार्तिक २०८०, मंगलवार

बुटवल, २८ कार्तिक। रुपन्देहीमा रहेका नेवा समुदायका संघसंस्थाहरुले नेपालीहरुको मौलिक संवत् नेपाल संवत् ११४४ संयुक्त रुपमा मनाएका छन । नेवा सेवा समिति, भिमसेन नेवा समाज, तिलोत्तमा नेवा मैजु खल, भिन्धो नेवा समाज रानीगंजा, नेवा पुच तामनगर, नेवा पुच नेवा विकास परिषद, नेवा देय दबु बुटवल नगर समिति, नेवा संस्कृत संरक्षण समिति, नेवा समाज बुटवल १–२, गणेश नेवा समाज, नेवा समाज अर्घाखाँची रुपन्देही, नेवा मिसा दबु बुटवल नगर समिति, भिमसेन नेवा समाज देविनगर, भिन्धो नेवा पुच, नेवा पुच दिपनगर सहितको सदस्यहरुले बिहान संयुक्त रयाली तथा औपचारिक शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाएका हुन ।

समितिको सचिवालय माझगाउबाट कुमारी, घोडाजात्रा, पंचकन्या, नेवारी भेषभुषा, झाकीसहित निकालिएको रयाली मिलनचोक, मिलनचोक, कालिकानगर, होराईजन चोक, देविनगर हुँदै पुनः माझगाउ पुगेर समापन भएको थियो ।

औपचारिक कार्यक्रमको उद्घाटन गर्दै पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले नेपालीहरुको मौलिक सम्वत नेपाल सम्वतको बारेमा सबैलाई बताउने र चिनाउने गरि लाग्नुपर्ने सुझाव दिए । नेपाल राज्यको अन्तरराष्ट्रिय मन्चमा आफनो पहिचान बनाउने गरि संयुक्त राज्य संघको सदस्यता प्राप्त गरेको ईतिहासमा नया सम्वत भएको कुरा राज्यले स्वीकार गरेको तर यसलाई राष्ट्रिय भाषाको रुपमा स्थापित गर्ने अभियानमा सरकार आलटान गरिरहेको उनले दुखेसो गरे । नेपाल संम्वतको ऐतिहासिक पक्षलाई हेरेर यो नेपालको मौलिक सम्वत भएको भन्दै यसलाई स्थापित गर्न पहल गर्नुपर्ने सुझाव दिए । ‘यो राष्ट्रिय सम्वत हो, यो आयातित सम्वत होईन ।’—उनले भने । यो दिवसलाई पर्वको रुपमा मनाउदै ऐतिहासिक पक्षको बारेमा खोज र ज्ञान लिन जरुरी रहेको उनले बताए । समाजमा सबै नेपाली जातजाती मिलेर बस्नुपर्ने भन्दै उनले सबै खाले संस्कृतिको आफनो पहिचान र महत्व हुने बताए । ऐतिहासिक पक्षलाई गुमराह गर्ने काम, अलमल गर्ने परिपार्टीका कारण स्पष्ट रुपमा दिशानिर्देशन गर्न नसकिएको उनले बताए । ‘हाम्रो सास्कृतिक पहिचानलाई नेवार समुदायले मात्र नभई सबै समुदायलाई नेपाल सम्वतको बारेमा जानकार हुनुपर्दछ ।’—उनले भने । आफनो मौलिक सम्वतप्रति माया हुनुपर्दछ । राष्ट्रिय सम्वतप्रति गर्व हुनुपर्दछ । हामी सबैको सम्वत नेपाल सम्वत भएको उनले बताए । प्रेरणा जाग्ने हिसाबबाट भावी पुस्तालाई सिक्नेसिकाउने प्रवृतिबाट योजना र कार्यक्रम बनाएर सबै समुदायहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले नेपाललाई विश्व सामु चिनाउन नेवार समुदायको कला, संस्कृति, संस्कार महत्वपूर्ण पाटो बन्ने बताए ।

कार्यक्रममा समितिका सल्लाहकार रामलाल श्रेष्ठले पछिल्लो समय जातिय संगठनहरु संगठित हुने क्रम बढेको बताए । जातीय संगठनका कुरा जनयुद्ध आन्दोलन ताका शुरु भएको उनले बताए । यसअघि सबै जातजातीहरु मिलेर बसेको भन्दै उनले अन्य धेरै जातजातीहरु संगठित भएपनि जातीय राज्यका समेत आन्दोलन शुरु हुदा यस क्षेत्रका नेवारहरु धेरै पछि संगठित हुन थालेका बताए । भाषा, लिपि र संस्कृति पहिचान भएको भन्दै यसलाई जोगाउने कुरामा जोड दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेवा समाज अर्घाखाँची रुपन्देहीका अध्यक्ष बाबुराम श्रेष्ठ,नेवार देय दबुका अध्यक्ष गोपाल श्रेष्ठ, समितिका उपाध्यक्ष डिल्ली कुमार श्रेष्ठ, सचिव शारदा श्रेष्ठले नेवार समुदायको पहिचान एकता र गुठी भएको भन्दै यसलाई बचाउदै लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेपाल सम्वतको बारे आम नागरिकमा सचेतना जगाउन जरुरी रहेको भन्दै सबै जातीहरुलाई समेटेर कार्यक्रम गर्ने गरि आफु लाग्ने बताए । कला, संस्कृतिबाट पर्यटन विकासमा टेवा पुग्ने उनले दाबी गरे ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?