ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

जाजरकोट डायरी : खुल्ला आकाशमुनि रात कटाउन बाध्य छन् भूकम्प प्रभावित

२८ कार्तिक २०८०, मंगलवार
२८ कार्तिक २०८०, मंगलवार

 बुटवल ।
(जाजरकोटबाट फर्केर) ।
    ‘रातको ११ः४० बज्दा डोल्पाबाट फोन आयो । घरमा टावरले नटिपेपछि बाटोमा गएर फोनमा बोल्दै थिएं । एक्कासी जमिन हल्लिन थाल्यो । गाउँका कुकुरहरु भुक्न थाले, मानिसहरु हो–हल्ला गर्दै घर बाहिर निस्किए । घर बाहिर बोलेको बत्ति पनि झ्याप्प निभ्यो ,गाउँ नै अंध्यारो बन्यो । म पनि हतार हतार घर तर्फ दौडिएं । ३ तले घर गर्लम्म् ढल्यो’ । यो भनाई हो जाजरकोटका टिकाराम परियारको । जो भूकम्प गएपछि निलो त्रिपाल मुनि क्रिया बसेका थिए । ‘मध्य रातमा एकातिर रुवाबासी चल्दै थियो भने जिवितै उद्धार गर्न पाउँदा हर्ष पनि लाग्दै थियो’ त्यो काला ेरातलाई सम्झँदै टीकाराम बताउँछन । ७२ सालको भूकम्प जानुभन्दा १ वर्ष अघि परियारले जाजरकोटको नलगाड नगरपालिका वडा नं. ७ डोल्पा जाने सडकको चामेखेतमा माटोको कच्ची ३ तले घर बनाएका थिए । ७२ सालको भुकम्पले चर्काएको घर कार्तिक १७ गते मध्यरातमा ५ जनाको ज्यान लियो भन्दै टीकारामले ढलेको घर देखाए ।


त्यस दिन टीकारामको घरमा श्रीमान श्रीमतीसँगै ४ छोराछोरी , बुहारी , नाती र २ जना पाहुना रहेछन । सिलाई बुनाईको काम गर्दै आएका टीकाराम भन्छन् –‘त्यसदिन राति अबेरसम्म काम गर्दै थिए, राति डोल्पाबाट फोन आयो आवाज नबुझिँएपछि बाटोमा गएर बोल्दै थिए एक्कासी घर नै भत्कियो’ तत्काल उद्धार गर्न गाउँले आए २ छोरी , नाति र २ जना पाहुना मृत अवस्थामा भेटिए । पालमुनि घाईते अवस्थामा रहेकी श्रीमतीलाई देखाउँदै टीकारामले भने–‘तल्लो तलामा श्रीमती थिईन ,तीन तलाले च्यापिंदा आश मारेका थियौं । ‘ढुङ्गा र माटो पन्छाउँदै जाँदा तलबाट आवाज आयो , म जिवितै छु भन्दै थिइन श्रीमतीले । करिब २ घण्टा पछि उद्धार गर्न सफल भयौं ।’ टीकारामले जस्तै भुकम्पको प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमका १५४ जनाले ज्यान गुमाए । हजारौं घर भत्किए र नागरिकहरु अहिले पालमुनि कष्टकर जीवन बिताउन बाध्य छन् ।
बुटवल उपमहानगरपालिकाले पनि १० लाख बराबरको खाद्यान्न र लत्ता कपडासहित राहात सामाग्री पठाउने भएपछि २ कर्मचारी , २ जना पत्रकार र चालकसँगै ५ जना गत आईतबार राती ९ बजे जाजरकोट तर्फ हामी लाग्यौं । बिहान ७ बज्दा सुर्खेतको छिन्चु हुँदै उत्तर तर्फ हामी चढेको ट्रक लाग्यो । भेरी नदीको तिरै तीर उकालो, साँघुरो ,घुमाउरो , भत्किएको कालोपत्रे सडकमा राहातका समाग्री बोकेका मालबाहक गाडीहरु देखिन्थे । सल्यान जिल्ला हुँदै फेरि सुर्खेत त्यसपछि जाजरकोटको सीमाना शिवालय गाउँपालिका वडा नं. १ छोडबजारमा पुग्यौं । अब हामी गत १७ गते गएको भुकम्पको केन्द्रबिन्दुमा आईसकेपछि मनमा डर पैदा हुन थालेका थियो । पक्की कम , कच्ची धेरै घरहरु थिए । त्यहाँ हामी खाना खान रोकियौं । वरपर हेर्दा कुनै पनि घरमा क्षति नभएको दृश्य देख्दा मनमा डर अलिक कम भयो ।
दिउँसो २ः३० बज्दा हामी सदरमुकाम खलङ्गा पुग्यौं । जिल्ला प्रशासन कार्यालयमा राहातको विवरण टिपाउन र राहत संकलनको लागि चौरमा मानिस र ट्रकको भिडभाड देखिन्थ्यो । विवरण टिपाउने ठाउँभन्दा नजिकै एउटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको रहेछ । एक महिला र बच्चाले बचेका सामान र लत्ताकपडा खोज्दै थिए । विवरण टिपाएपछि तोकेको पालिकामा राहत सामग्री लिएर फेरि जानु पर्ने रहेछ । हामी नलगाड नगरपालिका जानु पर्ने भयो । जहाँ भूकम्पले बढि क्षति पुराएको र ४२ जनाको मृत्यु भएको पालिका रहेछ । डोल्पा सडकखण्ड हुँदै हामी नलगाड तर्फ लाग्यौं । भेरी नगरपालिका वडा नं. ३ थाप्नेचौर पुग्दै गर्दा राउत टोलबाट मानिसहरुको एक हुल ओरालो झदैं गरेको दृश्य देख्यौं । त्यो हुल भेरी नदी तर्फ लाग्दै थियो ।
ट्रक रोक्यौं, क्यामेरामा तस्विर र भिडियो खिच्न खोज्यौं । तर ती दृश्य खिच्दा हात काप्न थाल्यो । मन नै भक्कानियो , सेतो कात्रोमा बेरिएको दुधे बालकलाई काखमा ल्याउँदै गरेको त्यो कारुणीक दृश्य थियो । राउत गाउँमा एकै परिवारका २ दुधे बालकसहित ५ जनाको मृत्यु भएको रहेछ । घर मुली मात्र बाँच्न सफल भएछन । दाउरा बोकेका मलामी भेरी नदी तर्फ लाग्दै थिए ।

परिवार नै गुमाउँदाको पीडाले उनी बिक्षिप्त थिए ,छिमेकीले डोराउँदै भेरीको किनारामा पुराउँदै थिए । स्थानीय वडा प्रहरी कार्यालयमा बुझ्दा राउत टोलमा ३१ जनाको मृत्यु भएको रहेछ । कारुणीक दृश्य पछि भाबुक हुँदै हामी चढेको ट्रक बिस्तारै अघि बढ्छं । अझैं कस्ता खालका दृश्य देखिने हो थाहा थिएन । पराकम्पन जान छाडेको थिएन । भेरीको तिरैतिर उत्तर तर्फ जाँदै गर्दा लहरै घरहरु भत्किएका दृश्यहरु देखिन थाल्यो । कच्चिघरहरु पूर्ण रुपमा क्षतीग्रस्त थिए । कोही घरको नेपाली सेना , शसस्त्र प्रहरी, नेपाल प्रहरीले भग्वाअवशेष हटाउँदै थिए, त कोही बारीमा पाल टाग्न थालेका थिए । पिडितहरु राहातको प्रतिक्षामा देखिन्थे ।
भेरी नगरपालिका वडा नंं. १ को रिम्ना बजार पुग्यौं । चिया खानको लागि हामी केही बेर रोकियौं । समथर सुख्खा भू–भाग तलबाट भेरी बगेको छ । सडकका छेउछाउमा रहेका घरहरु पक्की र राम्रै देखिन्थे तर वरपर मानिसहरुले पाल टाँग्न लाग्दै थिए । भेरी नदीको किनारा नजिकै पुग्दा पुलदेखि तलसम्मका लहरै घरहरु भत्किएका थिए । ढुङ्गा माटो, र काठ प्रयोग गरेर बनेका घरहरु पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए । पाल टांग्दै गरेकी एक बृद्ध महिलाले भन्दै थिईन–‘ढुङ्गा माटोले बनाएको सबै घर भत्कियो, हामीलाई भेरीले बगाउला भन्ने सधैको डर थियो, अहिले त भुकम्पले नै ढलायो ।’ रिम्ना हुँदै भेरी नदिको पुल तरेपछि हामी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका तर्फ लाग्यौं । सूर्य अस्ताउन लाग्दै थियो , एक्कासी माथिबाट ढुङ्गाहरु खस्न थाल्यो ,ट्रक रोकियो । मानिसहरु घर बाहिर हल्ला गर्दै बाहिर निष्किएका थिए । हामी पनि ट्रकबाट निस्किएर खेततिर दौडियौं । केही बेरमा भुकम्प रोकियो । ढुङ्गा खसेपछि बल्ल हामीलाई भुकम्प आएको थाहा पायौं । दुई पाईला अगाडि बढेको भए के हुन्थ्यो ।
ट्रक भित्र हामी चुपचाप थियौं , मनमा डर कायमै थियो । झमक्कै रात परेको थियो । फेरि हामी भेरी नदी तर्दै नलगाड नगरपालिकाको कार्यालयमा रातिको ८ बज्नै लाग्दा पुग्यौं । नगरपालिका शोकाकुल थियो ,उपमेयरको फोटोमा हार्दिक श्रद्धाज्ली लेखिएको थियो, झण्डा झुकाईएको थियो । नगरपालिकाको कार्यालयमा राहत सामग्रीले भरिदै थियो, कर्मचारी सुरक्षाकर्मीले राहत सामग्री कहाँबाट कुन सामग्री आएको भन्दै टिपाउँदै थिए । राती भएकाले भोली बिहान मात्र हाम्रो ट्रकको सामान झार्र्ने कुरा भयो । ट्रकलाई नजिकै रहेको ईलाका प्रहरी कार्यालय दल्लीमा राखियो । प्रहरी कार्यालय पनि भुकम्पले क्षती पुराएको रहेछ । प्रहरी पनि कोही गाडी भित्र त कोही टेन्ट टागेर सुत्ने ठाउँ बनाउने तयारीमा रहेछन । नलगाड नगरपालिकाका एक जना कर्मचारीले हामीलाई बस्न होटलको ब्यवस्था मिलाए । रातभरी ,दिनभरीको अनिदो यात्राले हामी थकित थियौं । होटलको एउटै कोठामा पाँचै जना बस्ने निधो भयो । झोला बिसायौंं, मुख धुन बाथरुम पस्दा पानी रहेनछ ।
होटलको साहुजीलाई सोध्दा भुकम्प गएपछि पानी नआएको ४ दिन भएको रहेछ । साहुजीले २ बाल्टिन पानी ल्याएर दिए । एक्कासी होटलका कोठाका भित्तामा आँखा गयो । घर त पक्कि थियो तर भित्र चर्किएको । फेरि डर लाग्यो अब रात कसरी बिताउने । राति १० बजे खाना खाएर हामी कोठामा गयौं । तर रातभर निद्रा लागेन दिनभरका दृश्यहरु आँखा अगाडि आईरहेका थिए । बिहान ६ बजे हामी उठ्यौं पत्रकार कपिल अधिकारी र म रिपोर्टिङको लागि हिड्यौं । स्वास्थ्य चौकी अगाडी टेण्ट टांगिएको थियो । भित्र घाईतेहरुको उपचार हुँदै थियो । नगरपालिकाको कार्यालय नजिकै रहेको दल्लीमा पुग्दा स्थानीयले हामीलाई आफ्नो चर्किएको घर देखाउन थाले ।
संघीयता आएपछि गाउँहरु नगरपालिका बने पनि अधिकाशं घर ढुङ्गा, माटो र काठले बनेका पुराना र कच्ची छन । घरहरु बाहिरबाट देख्दा संग्ला देखिएपनि भित्र चिरा चिरा परेका छन । सबै घर खाली जस्तै थिए । खेत र बारीमा स्थानीयले खाना पकाउने सुरुमा देखिन्थे । कोही खाल्डो खन्दै खाबो गाडेर पाल टांग्ने तयारीमा देखिन्थे । बारीमा खेती होईन निला त्रिपालले भरिन थालेका थिए । ७५ वर्षिया गगनी नाथले खेतमा टागिएको पाल देखाउँदै भनिन् –‘छोराहरुले खेतमा पाल टांगेका छन् ,म पनि त्यही बस्छु, घर चर्किएको छ बेला बेलामा हल्लिने गरेको छ ।’ कृषिको लागि ल्याएको प्लाष्टिकबाट उनिहरुले अस्थायी बसोबासको स्थान बनाएका रहेछन ।
एक टोलका एउटै बारीमा बस्दै आएको उनीहरुले सुनाए । खाना छुट्टाछुट्टै पकाएर खान्छौं एक टोलको एउटा बारीमा टांगिएको प्लाष्टिकको घर भित्र बस्दै आएको गाउँलेहरुले बताउँदै थिए । क्यामेराले चर्किएका घरहरु खिच्दै गरेको दृश्य गाउँलेले देखेपछि हाम्रो पनि घर खिचिदिनु पर्याे, सबै घर खतम भयो भन्दै हामीलाई घर देखाउन लिएर हिड्न थाले । विष्णु गिरीले आफ्नो चर्किएको दुई तले कच्ची घर देखाउँदै आँखाबाट आशु झाँर्दै भन्छन–‘सबै खतम भयो , आफुले मेहनतले बनाएको घर अहिले धराप बन्यो ।’ अब कहाँ जाने , कहाँ बस्ने , अहिले छिमेकीले बनाएको प्लाष्टिकको घरमा बस्दै आएको उनले सुनाए । ६५ वर्षिया पम्फा सिंहले भन्दै थिईन –‘अझैं ठुलो भुकम्प जान्छ भन्छन् बाबु , आफ्नो भन्दा पनि स–साना नातीनातीनाको असाध्यै चिन्ता लाग्छ । माथि बारीका पाटामा खाना पकाउँछु, त्यही बसेकी छु सबैका घर फाट्याछन्, जनता रोएका छन् ,बाबु कता जाउँ कहाँ जाउँु पुष माघ लाग्न थाल्यो बाहिर बसेका छौं ।’ घरले पनि मार्दाे रहेछ ,जमिन उम्लिएपछि कस्को के लाग्दा रहेछ, हामी त बुढो भयौैं, गए जाउँ जस्तो लाग्छ बालबच्चाको पो पिर लाग्दो रैछ ।’ दल्ली पछि चामे खेत तर्फ लाग्यौं । डोल्पा जाने सडकखण्डमा १ किलोमिटर हिड्दै जाँदा १७ जनाको परिवारले सडकमै खानाखाँदै गरेको दृश्य देख्यौं । २ वर्षका दुध बालकसँगै सडक छेउमा टागिएको पालमा १७ जनाको परिवार बस्दै आएको रहेछ । लक्ष्मी सुनारको कच्ची घर चर्र्किएर बस्न नसकिने अवस्थामा आएपछि सडकमा बस्दै आएका रहेछन ।
उनले भनिन् –‘हाम्रो १७ जनाको परिवार छ , राहात कहीबाट आएको छैन ,कृषिको लागि ल्याएको प्लाष्टिक अहिले हाम्रो घर बनेको छ । केटा मान्छे बाहिर सुत्छन, केटाकेटी र हामी महिला पाल भित्र सुत्दै आएको छौं , बाटोमै पकाएर खान्छौं’ । सरकारले त्रिपालको ब्यवस्था गरिदिए हुन्थ्यो हामीलाई । ’ त्यसपछि हामी चामेखेतमा पुग्यौं त्यहा पुग्दा टीकाराम परियार र उनको परिवार पालमै काज किरिया बस्दै गरेको दृश्य देख्यौं ।

घरले च्यापिएर पाहुना सहित ५ जनाको ज्यान गुमाएको पीडा पोख्दै गरेको कुरा हामीले माथि नै उल्लेख गर्याै । त्यहाँ पुग्दा रुकुम पश्चिमकी माया परियारले भेरी नदी पारी देखाउँदै भनिन्– ‘ यो रुकुम पश्चिम हो, हाम्रो घर तिर पनि जाउ न सर , त्यहाँ पनि धेरै घरहरु भत्किएका छन , राहत केही आएको छैन भन्दै गुनासो पोखिन ।’ बुटवल उपमहानगरपालिकाले ल्याएको राहत भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकाको रामिडाँडामा लैैजानको लागि तयारी भएछ ।
उपमहानगरपालिकाका कर्मचारी सुरेन्द्र कार्की र दीपक रानाले तारन्तार फोन गर्न थाले । हामी फेरि नगरपालिकाको कार्यालय भए तर्फ लाग्यौं । नेपाली सेनाको ब्यारेक नजिकै हेप्यिाड रहेछ । धुलो उडाउँदै नेपाली सेनाको हेलिकप्टर आयो । बुटवलबाट ट्रकमा ल्याईएको १०० थान ब्लाङ्केट र ४०० मिटर म्याट कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेलराज सिंहलाई हस्तान्तरण गर्दै हेलिकप्टरमा लोड गरियो ।
बाँकी रहेको चामल ,चाल, नुन, तेल , सोयाबिन रहेको खाद्यान्न उपमहानगरपालिकाका कर्मचारीले नलगाड नगरपालिकालाई हस्तानान्तरण गरेपछि हामी त्यहाँबाट फर्कियौं । भुकम्प प्रभावित जिल्लाका जनता शोकमा छन् । उनीहरु राहतको प्रतिक्षामा छन । त्रिपालको प्रतिक्षामा छन । सदरमुकाम र पालिकाको कार्यालयमा राहतका सामग्रीहरु थुप्रिएका थिए । भौगोलिक बिकटताले पनि होला पिडित समक्ष राहत पुग्न ढिलाई भइरहेको थियो र गुनासो पनि त्यही थियो । आफ्न्त गुमाउनुको पीडा छँदै थियो त्यसैमाथि खुल्ला आकाशमुनि रात कटाउनु पर्ने बाध्यता पीडित समक्ष छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?