ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

रामचन्द्र – मैनादेवी अनाथ आश्रमको अक्षयकोष एक करोड पु-याउन मंसिर १ देखि महायज्ञ

अनाथ असहाय बालबालिकालाई पालन पोषण र शिक्षा दिक्षा दिने पवित्र र महान कार्यमा समर्पित मैनादेवीले एक हप्तासम्म चल्ने महायज्ञमा उपस्थित भई गच्छे अनुसार दान र सहयोग गरिदिन अनुरोध गरेकीछन्
२८ कार्तिक २०८०, मंगलवार
२८ कार्तिक २०८०, मंगलवार

बुटवल,२८ कात्तिक । तिलोत्तमा–६ मा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रममा मंसिर १ गतेदेखि श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ हुने भएको छ । आश्रमलाई दीगोरुपमा चलाउन स्थापना गरिएको अक्षयकोषको रकम एक करोड पु¥याउने लक्ष्य सहित महायज्ञ सञ्चालन गर्न लागिएको हो । अनाथ आश्रमको अक्षयकोषमा अहिले ५२ लाख रुपैयां संकलन भएको छ ।

तर यसको ब्याजले आश्रम लाई दीगोरुपमा सञ्चालन गर्न वजेट अपुग भएकाले महायज्ञ गर्न लागिएको आश्रमकी सञ्चालिका मैनादेवी भण्डारीले बताइन् । अक्षयकोषको रकम एक करोड पुगेको खण्डमा आश्रममा कम्तीमा दुई जना कर्मचारी राखेर आश्रमलाई थप व्यवस्थित रुपले सञ्चालन गर्ने योजना रहेको उनले बताइन् ।

कर्मचारीलाई तलब दिन रकम अभाव भएकाले हालसम्म मैनादेवी र उनको परिवारले आश्रम सञ्चालनका लागि सबै काम बिहानदेखि रातिसम्म खटेर आफै गर्नुपरेको छ । ‘अब उमेर र स्वास्थ्यले पनि दिनभरि खटेर काम गर्न सक्ने अवस्था छैन त्यसैले कम्तीमा दुईजना कर्मचारी राख्नैपर्ने अपरिहार्य छ,र कर्मचारीलाई तलब दिन अक्षयकोष कम्तीमा एक करोड हुनुपर्छ – मैनादेवीले भनिन् । आश्रमममा २५ जना अनाथ बालक राख्न सकिने भौतिक पुर्वाधार भएपनि कर्मचारी राख्न नसक्दा अहिले १२ जना मात्र राखिएको उनले बताइन् ।
मंसिर १ गते बिहान बाजागाजासहित वृहत कलश यात्रा गरिने र कलश यात्रापछि तिलोत्तमाका मेयर रामकृष्ण खांणले महायज्ञ उद्घाटन गर्ने कार्यक्रम रहेको मैनादेवीले जानकारी दिइन् ।

मंसिर ८ गतेसम्म महायज्ञमा प्रेमसुदन शाष्त्री प्रमुख कथावाचक र निशान्त अधिकारी उपवाचक सहित ११ जना पण्डितहरुले संगीतमय कथावाचन गर्ने तथा ७ जना कलाकारको टोलीले झांकी र लिला सहित गीत र नृत्यमार्फत मनोरन्जन दिलाउने छन् । महायज्ञ सम्पन्न गर्न सनातनी युवा मञ्च तिलोत्तमाले आश्रमसंग सहकार्य गरेको छ । महायज्ञमा रात्रीकालिन झांकी र नृत्य विशेष आकर्षक बनाउने तयारी भएको मैनादेवीको भनाई छ ।

२०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट जिल्ला प्रशासन र समाज कल्याण परिषदमा दर्ता भएको आश्रम चलाउन आर्थिक स्रोत नभएपछि मैनादेवीले शुरुका वर्षहरुमा मुट्ठीदान संकलन गरेर चलाइन् । पछि विभिन्न संघसंस्थाको र दाताहरुको सहयोग पनि हुन थालेपछि सहज भएपनि दीगोरुपमा चलाउन अक्षयकोषको ब्याजबाट हुने आम्दानी नै उपयुक्त र भरपर्दो स्रोत हुने भएकाले यसपटक महायज्ञ गर्न थालेको मैनादेवीले खुलाइन् ।
आश्रम सञ्चालन गर्न झण्डै ३० वर्ष निरन्तर खटेकी मैनादेवीलाई उनका श्रीमान् रामचन्द्रले पनि उत्तिकै साथ दिएका छन् । श्रीमान् रामचन्द्रले १५ धुर जग्गा आश्रमको नाममा पास गरिदिएका छन् । त्यही जग्गामा आश्रम भवन बनेको छ । अनाथ असहाय बालबालिकालाई पालन पोषण र शिक्षा दिक्षा दिने पवित्र र महान कार्यमा समर्पित मैनादेवीले एक हप्तासम्म चल्ने महायज्ञमा उपस्थित भई गच्छे अनुसार दान र सहयोग गरिदिन सबैमा अनुरोध गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?