ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु
एक दर्जन नेवा संस्थाहरुले सामुहिक नेपाल सम्वत ११४४ मनाउदै

नेपाल सम्वत ११४४ को पुर्वसन्ध्यामा निकालियो मोटरसाईकल रयाली

२७ कार्तिक २०८०, सोमबार
२७ कार्तिक २०८०, सोमबार

बुटवल, २७ कार्तिक ।  रुपन्देहीमा एक दर्जन बढी नेवार संघसंस्थाहरुले सामुहिक रुपमा यो वर्षदेखि नेपाल सम्वत मनाउदै छन । नेवा पुच, नेवा सेवा समितिका अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा ‘नेवा समाज समन्वय समिति’ गठन भई साझा संस्थाको ब्यानरमा नया वर्ष नेपाल सम्वत ११४४ मनाउने निर्णय अनुसार दुई दिने कार्यक्रम गर्ने भएको हो । नेपाल सम्वत ११४४ को पुर्वसन्ध्यामा सोमबार बुटवलमा वृहत सचेतनामुलक मोटरसाइकल रयाली निकालिएको छ । पुचको सचिवालय भवन रहेको शङ्खधर शाख्वाको मुर्तिमा पुजाआजा र माल्यापर्ण गरि सगुन र टिका लगाएर बाजागाजा, ब्यानरसहित निकालिएको रयाली ट्राफिकचोक, जलबिनायक, जितगढी, तामनगर, बुद्धनगर, योगीकुटी, रामनगर, दीपनगर, अमरपथ हुदै पुनः पुचको सचिवालयमा समापन गरिएको थियो ।

‘भाषा संस्कृति झिगु पौरख, नेपा सम्वत राष्ट्रिय गौरव’ नारा बोकेर साझा उदेश्यका साथ यहा रहेका १३ वटा नेवा समाज, खल, पुचका प्रतिनिधिहरु सम्बद्ध संस्थाहरुलाई एकतावद्ध गरि सहकार्यमा कार्यक्रमको शुरुवात भएको नेवा पुच नेवा विकास समितिका अध्यक्ष काजीमान श्रेष्ठले बताए । यसैगरि मुल दिवसको दिन मंगलबार पंचकन्या, कुमारी, बाजागाजा, झाकी, ब्यानरसहित विशाल रयाली निकालिने र शुभकामना आदानप्रदान कार्यक्रम गरिने उनले बताए ।

 

कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार चिरञ्जीवी जोशीले नेवार समुदायलाई एकतावद्घ गरि नेवा कला, संस्कृतिलाई जग्रेना गर्दे उदेश्यका साथ संस्थागत रुपमा कार्यक्रम गरिनु उदाहरणीय भएको बताए । नेवा भाषाको रंजनालिपी र नेपाल सम्वत हामी सबै नेपालीको मौलिक सभ्यता भएको प्रमाण संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्न देशको लिपी ‘रंजनालिपी’ र सम्वत ‘नेपाल सम्वत’ भएको तथ्यबाट पुष्टि हुने उनले बताए ।
भिमसेन नेवा गुठीका अध्यक्ष सहदेव श्रेष्ठले गुठी परम्परा मान्दै आएका नेवारहरु एकतामा जोड दिदै आएको पुर्खाको ईतिहास रहेको भन्दै रुपन्देहीमा नया शुरुवात भएको बताए ।

पुचका सचिव लक्ष्मी श्रेष्ठले कला, संस्कृति र संस्कारलाई जोगाउदै नया पुस्तामा सिकाउने रुपमा सामुहिक प्रयास गर्नुपर्ने बताईन ।
श्री नेवा पुच, नेवा समाज विकास परिषद, भिमसेन नेवा समाज, तिलोत्तमा नेवा मयजू खल, हुमिन नेवा पुच, नेवा पुच दिपनगर, नेवा पुच तामनगर, नेवा पुच बुटवल ११, भिद्य नेवा पुच, बुटवल नेवा समाज, नेवा सेवा समिति बुटवल,गणेश नेवा समाज मझगाउ, नेवा संस्कृति संरक्षण समिति देवीनगर, भिद्य नेवा समाज बुटवलको सहकार्यमा यो वर्ष सामुहिक दुई दिने कार्यक्रम गर्ने भएको हो ।

 

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?