Butwal Today

बांकेका ज्ञानी चोर, जसले चोरेको सामान तीन दिनमा फिर्ता गरे

२६ कार्तिक २०८०, आइतबार
अ+
अ-

बुटवल,२६ कात्तिक । बाँकेमा केही दिनअघि घर फोडेर लगेको सामान चोरले तीन दिनपछि घर धनिकै आँगनमा लगेर राखिदिएका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट चोरले मंगलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपैयाँ नगद चोरेर लगेको थियो।

सोही तिलहरी र केही नगद रुपियाँ गएराति घर धनिकै आँगनमा लगेर राखिछाडेको र घरधनीले भेटाएका बुद्धबीर वलीका छोरा प्रेम वलीले जानकारी दिए।

नगद र तिलहरी चोरी भइसकेपछि प्रहरीकोमा उजुरी दिएकोमा चोरले तिलहरी र नगद ४५ हजारमध्ये २३ हजार ३ सय ६० रुपियाँ घरको आँगनमा छोडेर गएको उनले बताए ।
घरमा तिलहरी र नगद चोरी भएपछि बुद्धबीर वलीले खोजतलासका लागि बुधबार निवेदन दिएका थिए।