ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

प्रथम टिकटक लाइभ खुल्ला गुरुङ नृत्य प्रतियोगिता सम्पन्न

२६ कार्तिक २०८०, आइतबार
२६ कार्तिक २०८०, आइतबार

बुटवल, २६ कात्तिक ।

“तमु क्येए पोँले्, प्ये ताँ ल्हु ताँ ल्वोले” अर्थात गुरुङ भाषा बोलौ, संस्कार, संस्कृति सिकौ भन्ने मूल नाराका साथ सामाजिक संजाल टिकटक आइडी ग्रुपबाट प्रथम टिकटक लाइभ खुल्ला एकल तथा युगल नृत्य प्रतियोगिता भर्चुअल रुपमा सम्पन्न भएको छ ।

प्रतियोगितामा सहभागी ३५ जना प्रतियोगीहरुले मौलिक गुरुङ पहिरनमा गुरुङ भाषाका गितहरुमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । सहभागी प्रतियोगीहरु मध्ये प्रथम बाँझपाटन पोखराका देवि गुरुङ्ले नगद रु १५ हजार र प्रमाणपत्र, द्वितीय पोखरा–१३ चिसापानीका एर बहादुर गुरुङ र सकुन्तला गुरुङ्ले नगद रु १० हजार र प्रमाणपत्र, तृतीय सामूहिक नृत्यमा गोरखा अजिरकोट–४ भाँजेका सुनिता गुरुङ, रोजिना गुरुङ, सुष्मा गुरुङ्ले नगद रु ५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन्

त्यसैगरी प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार काठमाडौका ओभि गुरुङ्ले नगद रु २हजार र प्रमाणपत्र त्यसैगरी भरतपुर–१५ चितवनका नारायण थिम्जे गुरुङ्ले नगद रु २ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रम कात्तिक १८ गते शनिवार गरिने भनिएता पनि प्राविधिक कारणले २५ गते शनिबार साँझ ५.०० बजे देखि राति ११.३० बजे सम्म भर्चुअल रुपमा टिकटक आइडी @gurungbabita7 लाइभबाट भएको हो । गुरुङ नृत्य प्रतियोगितामा गुरुङ साँस्कृतिक अन्वेशक निर्देशक कृष्ण कुमार गुरुङ, स्टार्स फाउण्डेशन नेपालका अध्यक्ष, चलचित्र नृत्य निर्देशक कोरियोग्राफर जसु गुरुङ र नृत्य निर्देशक संघ रुपन्देहीका अध्यक्ष सुन्दर गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

नृत्य प्रतियोगितामा अतिथिहरु कृष्ण कुमार गुरुङ, जसु गुरुङ, सुन्दर गुरुङ लगायतले सामाजिक सन्जाल बाट गरिने यस्ता कार्यक्रमहरुले भाषा संस्कार, संस्कृति सम्बद्र्धन र संरक्षण गर्न नयाँ पिंढीलाई सन्देश मिल्ने बताए । कार्यक्रममा ग्रुपका सल्लाहकार बौद्ध प्रसाद गुरुङ, ङोलो ङोल्स्यो ग्रुपका अध्यक्ष धन कुमारी गुरुङ र एल.जि एसोसिएशन बेलायतका सल्लाहकार एम. जे (महेन्द्र जङ) गुरुङ्, कार्यक्रम संयोजक बबिता गुरुङ्ले शुभकामना मन्तव्य राखेका थिए । सह–संयोजक कृष्ण गुरुङ र ग्रुपका सदस्य कुमार गुरुङले पनि आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?