Butwal Today

पूर्वी नवलपरासीमा जिप दुुर्घटनाः ६ जनाको मृत्यु, एक घाइते

२६ कार्तिक २०८०, आइतबार
अ+
अ-

नवलपुर, २६ कात्तिक ।

पूर्वी नवलपरासीको दलदले बुलिङटार सडक खण्डको देवचुुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार बिहान ११ः१५ बजे भएको बोलेरो जीप दुर्घटनामा छ जनाको ज्यान गएको छ ।

दुर्घटनामा एक जनाको गम्भीर अवस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । ग १ ज ३२७० नम्बरको बोलेरो जीप अनियन्त्रित भै ओमराज अधिकारीको बन्दै गरेको घरमा ठोक्किएको थियो ।

जिल्लाको अर्खलाबाट दलदले आउँदै गरेको बोलेरो जीप देवचुली नगरपालिकाको वडा नं. ६ को गोरेघुम्तीमा सडकबाट एक सय ५० मिटर तल ओमराज अधिकारीको घरमा ठोक्किन पुगेको थियो । जीपमा सवार ७ जना मध्ये छ जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको हाल सम्म नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।