Butwal Today

देउँसी भेलौ खेल्नेले ५ सय भन्दा बढी मागे कारवाही

२६ कार्तिक २०८०, आइतबार
अ+
अ-

बुटवल, २६ कात्तिक

रुपन्देहीमा देउसी भैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन प्रशासनले आग्रह गरेको छ । तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ ।

देउसीभैलो राती १० बजेसम्म मात्रै खेल्न पाइने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार तिहारलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउनका लागि प्रशासनले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने निर्णय गरेको हो ।

त्यस्तै तिहारका बेला हुने प्लास्टिकका फूलमालाको उत्पादन, आयात तथा बिक्री वितरणमा पनि रोक लगाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?