ट्रेंडिंग:

>> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

आर्थिक मन्दी अन्त्य गर्न ऐक्यबद्धता

२६ कार्तिक २०८०, आइतबार
२६ कार्तिक २०८०, आइतबार

पछिल्लो दिनमा नेपालको आर्थिक अवस्थामा सुधार हुने केही आशातीत संकेत देखापरेका छन । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशी मुद्राको सञ्चिति बढेर झण्डै वार्षिक बजेटको हाराहारी पुगेको छ । आर्थिक वर्षको पहिलो त्रैमासमा विदेशी मुद्राको सञ्चिति ६.७ प्रतिशतले बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रूपैयाँ पुगेको छ । जबकि सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको वार्षिक बजेट १६ खर्ब ५१ अर्ब रूपैयाँ बराबरको मात्र हो । २०८० असार मसान्तमा यस्तो विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो । आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । यसले नेपालको अर्थतन्त्र विस्तारै सुधारोन्मुख हुँदै गएको हो कि भन्ने प्रारम्भिक संकेत मात्र हो । त्ससैगरी चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ६५ अर्ब रूपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । यसले पनि नेपालमा पैसा आईरहेको र त्यो पैसा बजारमै खर्च भैरहेकोले यसले अर्थ व्यवस्था चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । त्यसो त अझैपनि आर्थिक मन्दीको असरले नेपाललाई घपक्कै छोपेको छ । व्यावसायीक बाताबरण खसक्दै गएको छ । त्यसको कारण एकातिर देशभित्रका साना लगानीकर्ताहरू व्यवसायमा हात हाल्न तर्सन सक्ने अवस्था छ भने अर्कोतर्फ बाह्य लगानीकर्ताहरू पनि बिच्किने अवस्थामा सुधार आउन सकेको छैन । तीव्ररूपमा व्यावसायिक लगानीको आवश्यकता खड्किएको हाम्रोजस्तो मुलुकको अर्थतन्त्र सुधारका लागि जबसम्म ब्यावसायीक बाताबरणको निर्माण हुन सक्दैन तबसम्म स्थिति यही अवस्थामा रहने देखिएको छ ।

नेपालमा नयाँ व्यवसाय दर्ता गर्ने प्रक्रिया अझैपनि झन्झटिलो रहेको छ । नेपालका व्यवसायीहरूले सरकारलाई नियमित रूपमा तिर्नुपर्ने कर बुझाउनकै लागि धेरै समय खर्चनुपर्ने स्थिति रहेको छ । यसैगरी सीमापार व्यापारका सन्दर्भमा पनि नेपालमा धेरै समस्या विद्यमान रहेको छ । नेपालका व्यवसायीले आयात निर्यात व्यापारको प्रक्रियागत चरण पार गर्न नै लामो समय गुजार्नुपर्ने अवस्था रहेको छ भने सो क्रममा लाग्ने प्रक्रियागत खर्चको दर पनि उच्च रहेको छ । जसका कारण उद्योग ब्यापार गर्न चाहनेहरू त्यसै निरास हुनुपर्ने अवस्था छ । नेपालमा सहजताका साथ व्यवसाय गर्ने वातावरण बिग्रनुमा नियामक निकायहरूको नियमनकारी भूमिका विश्वका उदाहरणीय नियमनकारी निकायहरूको भूमिका भन्दा धेरै फरक रहनुलाई विश्व बैंकले मुख्य कारकका रूपमा ठम्याएको छ । मुलुकमा लगानीयोग्य व्यावसायिक वातावरणलाई धमिल्याउने सन्दर्भमा अन्य विभिन्न पक्षबाट सिर्जित समस्याहरू पनि लामै समयदेखि विद्यमान छन् । यी र यस्तै कारण सबै किसिमका आर्थिक तथा व्यावसायिक गतिविधि ठप्प भई एकातिर व्यवसाय सञ्चालन गरिरहेका उद्योगी व्यवसायीहरूलाई प्रताडित बनाउने र अर्कोतिर व्यवसायका लागि लगानी गर्ने सोचमा रहेका नयाँ व्यवसायीको योजनामाथि पनि तुषारापात हुने गरेको छ । नेपालमा आर्थिक जागरण त आएको छ तर औद्योगिक जागरण अझै हुन नसक्दा बेरोजगारी लगायतका समस्या देखिएको छ ।

उद्योगी व्यवसायीहरू नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न कानुनी मान्यता पाउने तथा सञ्चालनमा रहेका उद्योगधन्दाको नवीकरणलगायतका नियमितरूपमा पूरा गर्नुपर्ने लाईसेनका लागि धेरै माथापिच्छे गर्नुपर्ने अवस्था रहेको गुनासो गर्दछन् । अर्कोतर्फ मुलुकमा व्याप्त अस्थिर राजनीति, उद्योग, प्रतिष्ठानहरूमा पटक–पटक दोहोरिने श्रम विवाद, अत्यधिक राजनीतिक हस्तक्षेप, सरकारी बेवास्ताजस्ता कारणहरूबाट पनि व्यावसायिक आत्मविश्वास खस्किएको छ । जेहोस पछिल्लो आर्थिक सर्वेक्षणले नेपालमा मन्द रहेको उद्योग व्यवसायको बाताबरण विस्तारै माथि उठ्ने आशा गरिएको छ । मुलुकलाई आर्थिक मन्दीको स्थितिबाट माथि उठाउन सरोकारवाला सवै पक्षको ऐक्यबद्धता जरुरी छ । त्यसमा ब्यावसायीक हातेमालोमात्रै होइन, सरकारको तर्फबाट ठोस पहल र प्रतिबद्धताको खाँचो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?