Butwal Today

नयांगाउं हाटबजार गएकी बृद्धाको घांटीबाट सुनको सिक्रि चोरी

२४ कार्तिक २०८०, शुक्रबार
अ+
अ-

बुटवल,२४ कात्तिक । बुटवलको नयांगाउं हाटबजारमा सामान किनमेल गर्न गएकी एक बृद्धाको घांटीबाट सुनको सिक्री चोरी भएको छ । ६५ वर्षिया कौशिला आचार्यको साढे ३ तोलाको सुनको सिक्रि चोरी भएको हो । बुहारी सरस्वती खनालसंग हाटबजार गएकी कौशिलालाई सांझ पौने ६ बजेतिर एकजना कालो वर्र्णको पुरुषले नजिकै आएर छोएपछि रिंगटा लागेर थचक्कै बसेको अवस्थामा सिक्रि चोरी भएको नातिनी विद्या खनालले न्युज बुटवलटुडेलाई जानकारी दिइन् । सिक्रि चोरी भएपछि इलाका प्रहरी कार्यालय बुटवल र नयां गाउं प्रहरी चौकीमा उजुरी दिएको बताउंदै चोरीमा संलग्नलाई पक्राउ गर्न तदारुकता देखाउन आफूहरुको माग रहेको खनालले बताइन् । पछिल्लो समय रुपन्देहीमा चोरी र लुटपाटका घटना बढेका छन् ।