ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

भूकम्प प्रभावित क्षेत्रमा राहतको अभाव : पहुँच हु्नेलाई मालामाल, पहुँच नहुनेहरु रित्तै

२४ कार्तिक २०८०, शुक्रबार
२४ कार्तिक २०८०, शुक्रबार

काठमाण्डाै –

भूकम्प प्रभावित क्षेत्रमा राहतको अभाव देखिएको छ । गएको शुक्रवार मध्यराति भूकम्प गएको जाजरकोट र रुकुम पश्चिमका प्रभावित धेरैजसोले अहिलेसम्म एउटा त्रिपाल समेत पाउन सकेका छैनन्। कतिपय ठाउँमा त्रिपाल, ब्लाङ्केट लगायतका राहत सामग्री थोरै पुगेको छ भने कतिपय ठाउँमा पुगेका सामग्री पनि पहुँच भएकाले मात्रै  पाएका छन् ।

राजनीतिक पहुँच भएकाहरु एउटैले तीन/चार वटा पाल पाउँदा नहुनेहरु खुला आकाशमुनि चिसोमा छन् । उनीहरुले चिसोबाट जोगिनका लागि पाललगायत न्यानो कपडा वितरण गर्न माग गरेका छन् ।

कुशे गाउँपालिकाका वडा नम्बर ५ मा आठ सय घरधुरी प्रभावित रहेकोमा जम्मा २ सय ६० वटा पाल वितरण गरिएको छ । अन्य ठाउँको अवस्था पनि उस्तै छ ।

रुकुम पश्चिममा पनि पाल, ब्लाङ्केटलगायतका सामग्रीको अभाव रहेको त्यहाँका उज्यालो सहकर्मी राजु लामिछानेले जानकारी दिनुभयो । राहत वितरणमा सन्तुलन मिलाउन नसक्दा र आवश्यक परेकाले राहत नपाउँदा समस्या झन् बढ्दो छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र जाजरकोटले प्राप्त भएका पाललगायत राहतका सामग्री प्रभावितलाई बाँडिरहेको जनाएको छ ।  तर, केहीले राहत पाए पनि दुर्गम क्षेत्रका धेरैले राहत पाएका छैनन् ।

यस्तै, भूकम्प प्रभावित क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले बेलैमा तातो न्यानोको व्यवस्था गर्न मौसमविद्ले सुझाव दिएका छन् । खुला क्षेत्रमा बसिरहेका उनीहरुलाई  वर्षा र हिमपातले थप समस्यामा पार्नसक्ने भन्दै तत्काल तातो न्यानो कपडाको व्यवस्था गर्न मौसमविद् शान्ति कँडेलको सुझाव छ । एक हप्तादेखि खुला ठाउँमा रहेका भूकम्प पीडितहरुलाई चिसोले थप असर पार्न सक्ने देखिएको छ ।

चिसो र खानपान नमिल्दा कतिपय प्रभावित बिरामी पर्न थालेका छन् । धेरैजसोलाई रुघाखोकी लागेको छ । चिसोका कारण सुत्केरी, गर्भवती, दीर्घरोगी र बालबालिका धेरै प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?