ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

‘अब्बल’ निर्मल

रूपन्देही रुद्रपुरका निर्मल पौडेल पहिलो प्रयासमा खुल्लातर्फ नै प्राविमा स्थायी शिक्षक बने । उनी अहिले मावि तर्फ लुम्बिनी प्रदेशमा ३ सय ५२ जना प्रतिस्पर्धालाई पाखा लगाउँदै खुल्ला तर्फ नै ३ नम्बरमा सिफारिस भएका छन् । पूर्ण दृष्टिविहीन रहेका उनको मिहिनेत अहिले देशभर नै चर्चाको विषय बनेको छ ।
२४ कार्तिक २०८०, शुक्रबार
२४ कार्तिक २०८०, शुक्रबार

बुटवल, २४ कार्तिक । वि.सं. २०४६ असोज २७ मा रूपन्देहीका रुद्रपुरमा जन्मीएका निर्मल पौडेल जन्मदा सामान्य थिए । पछि उनी विस्तारै आफ्नो दृष्टि गुमाउँदै गए । न्यून दृष्टिविहीन हँुदै उनी पछि पुर्ण दृष्टिविहिन बने । बुवा नरनाथ पौडेल पेशाले शिक्षक थिए । उनका दाजु बिमल पौडेल पनि पूर्ण दृष्टिविहिन हुन । उनी अहिले काठमाडौंमा रहेको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रम अधिकृत छन् । दुबै दाजु भाई पढाईमा अब्ब्ल थिए । उनीहरू कहिल्यै पनि दोस्रो भएनन । छोराहरू न्युन दृष्टिविहिन भएपछि बाबु नरनाथ पौडेल र आमा सितादेबी पौडेलले विशेष शिक्षा अन्तर्गत दृष्टिविहिनहरूको लागि अध्ययन गराउँदै आएको रूपन्देहीको मणिग्राममा रहेको शान्ती नमुना माविमा भर्ना गरिदिए । उनीहरू त्यहि बसेर पढे ।

निर्मल पौडेल र दाजु बिमल पौडेल दुबै जना पढाइमा सानै देखि नै अब्बल नै थिए । कक्षा १० मा शान्ती नमुना माविमा पढेका निर्मलले कक्षा ११ र १२ रुद्रपुरमा रहेको हरैया क्याम्पसमा पढे । स्नातक र स्नाकोत्तर तह भने बुटवलको बुटवल बहुमुखी क्याम्पसमा पुरा गरे । पूर्ण दृष्टिविहिन भएका निर्मलले वि.सं. २०७१ सालमा एसएलसी ७१ प्रतिशत अंक ल्याएर पास गरेका थिए । त्यसपश्चात हरैया क्याम्पसमा प्लस टु (११ र १२) पढे । त्यहाँ उनले नेपाली विषय लिएर पढेका थिए । त्यहाँ क्याम्पस नै टप गरे । हरैया बहुमुखी क्याम्पस उनले टप गरे ।
त्यसपछि बुटवलमा आएर उनले स्नातक अध्ययन सुरुवात गरे । उनले स्नाकोत्तर तह (माष्टर डिग्री) मा ६१ प्रतिशत ल्याएर विशिष्ट श्रेणीमा पास गरे । उनी त्यो बेलामा नेपाली विषय तर्फ क्याम्पस टप गरेका थिए ।

पढाइमा अब्ब्ल उनी सहयोगी विद्यार्थीको साथमा परीक्षा दिँदै आएका थिए । सोही अनुसार उनको पढाईको यात्रा अबिराम नै रह्यो ।
स्नातकोत्तर तह पुरा गरेपछि उनले सालझण्डीमा रहेको महेरहवा देवी मावि मा राहत शिक्षकको मागेको थाहा पाए । त्यहाँ गए आवेदन दिए पास भए र राहतमा २०७१ सालमा उनले त्यहाँ जागीर खाए ।

नेपाली विषयमा मास्टर डीग्री गरेका भएपनि उनले कम्प्युटर प्रविधीमा भने उच्च लगाव थियो । यो बीचमा उनले कम्प्युटरमा आधारभूत, एड्भान्स कोर्ष समेत सकेका थिए । उनले ६, ७, ८ का विद्यार्थीहरूको लागि महेरहवा देवी माविमा कम्प्युटर विषय पढाए ।
राहत शिक्षको जागिर उनलाई चित्त बुझेको थिएन । उनले स्थायी शिक्षकको लागि शिक्षक सेवा आयोगको तयारीमा लागे ।
पहिलो पटक २०७६ सालमा उनले प्रावि शिक्षक सेवाको लागि परिक्षा दिए । दृष्टिविहिन अपाङ्गता भए पनि उनले खुल्ला तर्फबाट नाम निकालेर खुल्लामा नै सिफारिस भए ।

रूपन्देही जिल्लामा उनी खुल्ला तर्फ २९ नम्बरमा सिफारिस भए । प्रावि स्थायी भएपछि उनी आफ्नो जन्मस्थल रुद्रपुरमा रहेको रुद्रपुर माविमा अध्यापन गराउन थाले । ४ बर्ष राहत शिक्षकमा सेवा गरेपछि उनले प्रावि स्थायीमा ४ बर्षको अवधीमा नाम निकालेका थिए । रुद्रपुर माविमा उनी अहिले पनि कम्प्युर विषय पढाउँदै आएका छन् । त्यसपछि ४ बर्ष प्रावि स्थायी जागीर खाएका निर्मल अहिले मावि तर्फ ३ नम्बरमा नामा निकाल्न सफल भएका छन् । त्यो पनि खुल्ला तर्फ नै ।

लुम्बिनी प्रदेशमा नेपाली विषयको लागि मागेको खुल्ला ४ वटा कोटामा उनले खुल्ला तर्फ ३ नम्बरमा नाम निकाल्न सफल भएका हुन । अन्तरवार्ता समेत भैसकेपछि उनको पोष्टीङ्ग हुन भने अझै बाँकी छ । दृष्टिविहिन भएर पनि उनले ३ नम्बरमा खुल्ला तर्फ सिफारिस भएपछि अहिले सिंगो अपाङ्गता समुदायका साथै अन्यको लागि पनि उनी प्रेरणाका पात्र भएका छन् । मावि स्थायीका लागि नेपाली विषयमा पहिलो चरणमा १ हजार ३८ जनाले परीक्षा दिएका थिए । दोस्रो चरणको लागि ३ सय ५५ जनाले परीक्षा दिएको अन्य सबै प्रतिष्पर्धाीहरूलाई पराजीत गर्दै उनले खुल्ला तर्फ ३ नम्बरमा सिफारिस भएका हुन ।

दुई सन्तानका पिता बनेका निर्मल न्यून दृष्टिविहीन रहेकी गीता घिमिरेसँग २०७६ सालमा मागी विवाहमा बाँधिएका थिए । श्रीमतीको पूर्ण सहयोगको कारण नै आफूले माविमा नाम निकाल्न सफल भएको बताउँछन् । उनले विगत १० महिना देखि दिउँसोको समयमा विद्यालय जाने र बिहान र साँझ नियमित रूपमा नै अध्ययनमा ध्यान दिएको कारण सफल भएको उनको तर्क छ । रोचक कुरा त के छ भने उनले बजारमा प्रकाशन भएका आयोगका कुनै पनि किताब अहिले सम्म किनेका छैनन ।

बजारमा प्रकाशन भएका वा शिक्षक सेवाको लागि भन्दै निकालिएका कुनै पनि किताब हालसम्म नकिनेको बताउने उनले सबै विषयबस्तु, पाठ्यक्रम अनुसार कम्यूटरबाट डाउनलोड गरेर सोही अनुसार अध्यन गरेको बताउँछन् ।
उनी भन्छन्–‘१० महिना विहान ६ बजे देखि ९ बजे सम्म र साँझ ४ बजेदेखि १२ बजे सम्म नियमित रूपमा कम्युटरको माध्यमबाट टेक्स रिडरको सहायतले पढे । आफैले कम्युटरमा नै नोट बनाए तयारी गरेको हुँ ।’

अध्ययनको बेलामा कुनै पनि बाहिर अवरोध र वातावारण नहुने, सहज रूपमा पढ्ने कोठामा खाना टेवलमा नै श्रीमतीले पु¥याने र अन्य बेलामा नियमित जसो पढ्ने गरेको उनी बताउँछन् । सफलताको लागि ठोस कुनै पनि ट्रिक वा फर्मुला नभएको भन्दै उनले आयोगका प्रतिष्पर्धात्मक परिक्षाको तयारीका लागि नियमित रूपमा पाठ्यक्रमममा आधारित भएर सबै विषय पढ्नुपर्ने र त्यसलाई तिन तरहबाट विश्लेषण गर्नुपर्ने बताउँछन् ।

उनी भन्छन् –‘प्रतिष्पर्धातमक परिक्षाको लागि पहिला ईच्छाशक्ती, जाँगर र पढ्ने वातावारण चाहिन्छ, एउटा कुरा लाई एक स्वरूपबाट भन्दा पनि त्रिकाणतात्मक रूपमा विश्लेषण गरेर पढ्न आवश्यक छ ।’ पारिवारिक सहयोग, प्ररेणा र पढ्ने वातावरण भएमा जस्तो सुकै परिक्षामा पनि सफल हुन सक्ने उनको भनाई छ । दाजु बिमल पौडेलको नियमित रूपमा पढाई लाई प्रथमिकता दिनुपर्ने प्रेरेणाले पनि सफलता प्राप्त गर्न अझ हौसिएको उनको भनाई छ ।

वि.सं. २०७९ सालामा मावि शिक्षकको लागि परिक्षा दिएका पौडेलले नतिजा केही समय पहिला २०८० सालमा आएको थियो । उनी लुम्बिनी प्रदेशमा खुल्ला तर्फ तेस्रो नम्बरमा सिफारिस भएका हुन । कर्नियामा समस्या भएको कारण पहिला न्युन दृष्टिविहिन भएका पौडेल विस्तारै भित्री लेयरमा समेत समस्या हुदै गएको कारण पूर्ण दृष्टिविहिन भएका थिए ।

अन्य गतिविधिमा पनि अब्बल

आफ्नै दाजु बिमल पौडेलले जन्माएको दृष्टिविहिन क्रिकेट संघका अध्यक्ष रहेका निर्मल विगत १७ बर्ष देखि यसमा आवद्ध छन् । दृष्टिविहिन क्रिकेट खेलाडी समेत रहेका उनले कार्यवाहक अध्यक्ष हुदै अहिले दोस्रो पटक यसको अध्यक्ष बनेका छन् । उनले बेला बेलामा दृष्टिविहिन खेलाडीहरूको लागि क्रिकेट टुनामेन्ट, प्रतियोगीता तथा प्रशिक्षण समेत आयोजना गर्दै आएका छन् । उनले बेला बेलामा गोलबल प्रशिक्षण र प्रतियोगीता, कहिले क्रिकेट प्रतियोगीता र प्रशिक्षण समेत आयोजना गर्दै आएका हुन । यसको अलवा उनी दृष्टिविहिन युवा संघ नेपाल लगायत अपाङ्गता संग सम्बन्धीत विभिन्न संघ संस्थामा समेत काम गर्दै आएका छन् ।उनी मोटिभेसन स्पीकरको रूपमा तालिम समेत सञ्चालन गर्दै आएका छन् । उद्घोषण कलामा समेत अब्बल रहेका उनले दृष्टिविहिन विद्यार्थीहरूको लागि कम्प्युटर तालिम समेत प्रशिक्षण गर्दै आएका हुन्छ ।

२ सय ५२ जना प्रतिष्पर्धीहरूलाई पराजीत गर्दै खुल्ला तर्फ ३ नम्बरमा नाम निकालेका उनले रूपन्देही जिल्लामा नै आफ्नो सिफारिस को अपेक्षा गरेका छन् । यद्यपी शिक्षक सेवा आयोगले अझै विद्यालय रोज्नको लागि पत्र पठाईसकेको छैन । लुम्बिनी प्रदेशमा नाम निकालेका उनले मावि तर्फ आयोगले खाटाएको जिल्लामा जानुपर्ने हुन्छ । तर घर रूपन्देही जिल्ला रहेको र आफु दृष्टिविहिन समेत भएको कारण रूपन्देहीजिल्लामा सिफारिस भएमा उत्तम हुने अपेक्षा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?