Butwal Today

मोरङ, काठमाडौँ र चितवनका क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजना : सरकार

प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने
२३ कार्तिक २०८०, बिहीबार
अ+
अ-

बुटवल,२३ कात्तिक । सरकारले मोरङ, काठमाडौँ र चितवनका तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौँको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलव भूकम्प प्रभावितहरुलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री  शर्माले जानकारी दिइन् ।