ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

के हाम्रो राष्ट्रियता धरापमा परेकै हो ?

२३ कार्तिक २०८०, बिहीबार
२३ कार्तिक २०८०, बिहीबार

पूर्व मेचीदेखि पश्चिम महाकाली तथा उत्तर हिमालदेखि दक्षिण समथर भूमिसम्मको निश्चित सीमानाभित्र नेपालको भूमि रहेको हामी सवैलाई जानकारी भएकै कुरा हो । बाइसे चौबिसे राज्यमा विभाजित भई आन्तरिक कलहझै झगडा भएपनि पराई मुलुकबाट हेपिन, पिल्सिन, निमोठिन नपरेको बरु हेप्नेहरूलाई नै पुनः हेपेर लखेटिएको, पिल्सिन खोज्नेहरूलाई लखेटेको र निमोठ्न खोज्नेहरूलाई नै निमोठेर फ्याँकेको प्रमाणित इतिहास नेपालको हो । अंग्रेजहरूलाई गोली गट्टा हातहतियार तथा बारुद सहित तालिम प्राप्त लडाकुलाई नेपाली बिर पुरुष महिलाहरूमा तालिम अपर्याप्त भएपनि लौरो, हँसिया, पाखुराको बलको प्रयोग गरी सुत्केरी अवस्थामा महिलाहरूले पनि शाहसिक लडाई लडी लखेटेको प्रमाण हाम्रो इतिहासलाई कसैले मेटाउन सक्दैन । विदेशका धेरै राष्ट्रहरूलाई स्वतन्त्र दिवस मनाउनै पदैन किनकि हामी पराधिन कहिल्यै भएनौ । बरु उल्टै बिर गोर्खालीको उपाधि पाइरहयौँ । किनकी भारतीय सेनामा भर्ति भएर भारतको सुरक्षामा देखाएको पराक्रममा होस् वा बेलायती सेनामा भर्ति भएर वेलायतको सुरक्षामा देखाएको पराक्रम होस् । हामी नेपालीलाई बिर गोर्खालीको उपाधि अद्यावधिक सुरक्षित छ तर यस्तो देशका जनतालाई झुक्याएर नेपालका नेताहरूले पटक पटक पछिल्ला दिनहरूमा मुलुकको अस्मिीतामाथि धावा बोलिरहेका छन् । राष्ट्रियतामा खतरा मोलिरहेका छन् । आफूहरू झुक्किएर हो कि झुक्किने झै गरेको हुन । थाहा छैन । कोशी सम्झौता, गण्डक सम्झौता, कर्णली सम्झौता, टनकपुर सम्झौता, काली सीमाना विवाद, उत्तर सीमाना विवाद वि.स २०१८ मा जनगणनामा नेपालमा परेको नेपाली नागरिकता लिएका नेपाली लालपुर्जा भएको भूमिलाई आफ्नो भन्न नसक्ने आफ्नो उपस्थिती जनाउन नसक्ने लिपुलेक, कालापानी, लिम्पियाधुरा विर्सन खोजे जस्तो व्यवहार गरेका नेपाली नेतामा देखिएको दोहोरो चरित्रबाट नेपाली जनता रनभुल्लमा परेका छन । अल्मलिएका छन । हाम्रो राष्ट्यिता नै धरमराएको आशंका गरेका छन् । नेपाली भूमि गुम्ने बित्तिकै भूमिसँगै त्यहां वस्ने जनता गुमेका छन । त्यहाँको कानुन गुमेको छ, नेपालीपन गुमेको छ ।

हुन त यो मुलुकको राष्ट्रियता कति धरापमा परेको रहेछ भन्ने कुरा त केही घट्नाहरूले पुष्टी गर्दछ कि मौजुदा राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव सहित परिवारका सदस्यहरूलाई एकै दिन एकैचोटी नेपाली सेनाको सुरक्षा घेराभित्र, नेपाल प्रहरी सुरक्षा घेराभित्र नेपाली स्वतन्त्र सुरक्षाकर्मीको निगरानीभित्रै मारिँदा २५० वर्षको सुरक्षा व्यवस्थालाई नै चुनौति दिएको छ । त्यतिखेर राष्ट्रियता के भयो ? नेपाली संप्रयु (चार तत्वमध्येको एक तत्व) नै भरिँदा, नासिँदा, हराउँदा राष्ट्रियता कहाँ गयो ? त्यसको खोजी कहाँ पुग्यो, अहिलेसम्म अत्तोपत्तो छैन । यो मुलुकको दोस्रो ठूलो नेता दिनदहाडै दासढुगांबाट त्रिशुलीमा कार दुर्घटना भएको नाटक मञ्चनबाट मारिँदा खै खोजी ? यो मुलुकको पूर्व प्रधानमन्त्री तथा मुलुककै सवैभन्दा ठूलो दलको सभापति विरामी भएको खबरले फोनबाटै शिक्षण अस्पतालमा वेड वुकिङ्ग भैसकेपछि विरामी भई आत्तिएको अवस्थामा एम्वुलेन्स नपाउने विडम्वना पनि सुन्नै नसकिने लाजलाग्दो घटना । अझै त्यसै राती निवास मै पूर्व प्रधानमन्त्रीको मृत्यु पूर्व सिरकमा रक्त (रगतको पोको) दाग देखिनु अनि यहाँ खोजी खोई, स्वास्थ्य सुरक्षा खोई ? आफ्नो पढाईको सिलसिलामा साथीकहाँ पढ्न आएको कन्याको बलात्कार पछि हत्या अनि अहिलेसम्म वलात्कारी तथा हत्यारोको कारवाही खोई ? नेपाली संसदमा राष्ट्रियताको वारेमा वोलेका नेताको घरमा ग्याँस विस्फोट, दुर्घटना जस्ता अदृष्य घटनाहरूले नेपाली राष्ट्रियता धर्मराएको हो कि भन्ने आशंका पैदा भएको छ । राजा विरेन्द«को बंशनाश, मदन भण्डारी हत्या प्रकरण, सुशील कोइराला हत्या हो कि मृत्यु प्रकरण, निर्मला पन्त हत्या र चन्द्र भण्डारीको ग्याँस दुर्घटनाले नेपालको राष्ट्रियता धर्मराएको, चिप्लिएको वा अलमलमा परेको आंशका लाग्दछ । कतिपय पुराना नेपाली विज्ञहरूले आशंका गरेका छन् कि तत्कालिन राजा महेन्द«ले कालापानी, लिपुलेक लिम्पियाधुरा पुरानो मौखिक सम्झौताका आधारमा फिर्ता माग्दा राजा महेन्द्रकै हत्या भएको पनि आशंका सुनाउने गर्दछन् । यी र यस्तै घटनाहरूले हाम्रो देशको राष्ट्रियता त साह्रै धरापमा पो रहेछ भन्ने लाग्दछ ।

नेपालको दीर्घकालीन विकासको नाममा अमेरिकाबाट सञ्चालित एमसिसी परियोजना नेपालमा लागू गर्ने सिलसिलामा एमसिसीको धारा ३ को दफा ३ को उपदफा २ को (च) मा उल्लेख भए अनुसार सो परियोजनाको सम्पूर्ण वौद्धिक सम्पत्तीको पूर्ण अधिकार एमसिसीलाई रहने छ भन्ने उल्लेख गरिएको छ । यसको मतलब अमेरिकालाई रहने छ भनिएको छ । नेपालमा लागू गरिएको र नेपालकै लागि गरिएको भनिएको परियोजना नेपालमा बौद्धिक सम्पत्तिको अधिकार नहुनु कुन राष्ट्रियता ? धारा ३ को दफा ३ को उपदफा ८ को क मा परियोजनाको बेला परिक्षण अमेरिकी कम्पनीले गर्ने छ भनिएकोमा नेपालमा भएको विरोधका कारण सच्चाइएको भने पनि साँच्चै लेखापरिक्षण को बाट गराइन्छ हेर्न बाँकी छ । धारा ५ को उपधारा ३ को (क) र (ख) मा परियोजना अमेरिकी सरकारले चाहेमा जुनसुकै बेला पनि सम्फौता रद्द गर्न सक्नेछ भनिएको छ जबकि उसको स्वार्थ प्रतिकुल भएमा त वन्द गर्ने रहेछ । परियोजना लागू गरिएको मुलुकको स्वार्थ प्रतिकूल ठहरिएमा नेपालले वन्द गर्न नपाउनु कुन तहको राष्ट्रियता हो ? धारा ७ को दफा ७ (क) मा उल्लेख गरिए अनुसार सम्झौता लागू भएपछि सम्झौतामा उल्लेखित र नेपालको राष्ट्रिय कानुन बाझिएमा प्रस्तुत सम्झौताकै कानुन वमोजिम परियोजना कार्यान्वयन गरिनेछ उल्लेख छ जब कि सिंगो मुलुकको मूल कानुन भन्दा परियोजनाको नियमलाई बढी महत्व दिइएको छ, खोई राष्ट्रिय अस्तित्व ? परियोजनाको अनुसूचि १ (ग) को २ मा उल्लेख भए अनुसार परियोजनामा नेपाल सरकारले राज्यका कुनैपनि निकायलाई खटाउनुपर्दा सो परियोजनाको स्वीकृती लिनुपर्नेछ भनिएको छ । जवकि नेपाल सरकारसंग अनुरोध गरी सम्वन्धित निकायलाई नेपाल सरकारले नै खटाउनु पर्ने होइन र ? त्यसैगरी अनुसूचि ४ (क) मा उल्लेख भए अनुसार नेपाल सरकारले परियोजनालाई चित्त बुझ्ने योजना तयार पारी बढाउनु पर्ने छ र त्यस्तो योजना भारतको सरकारले समर्थन गरेको हुनुपर्ने छ भनिएको छ जब कि परियोजना नेपालमा नेपालकै विकासका लागि लागू हुने हो भने भारत सरकारको समर्थन लेख्नु किन आवश्यक ?

यी र यस्तै खाले अबैज्ञानिक व्यवहारमा नेपाल सरकार किन चुकिरहन्छ ? जबकि भारतीय प्रधानमन्त्री अफ्रिकी सरकारको निमन्त्रणामा अफ्रिकी मन्त्रीको स्वागत गर्न आउँदा अपमान भयो भनी व्यापक प्रचार पसार भयो तर नेपालका प्रधानमन्त्री भारतमा जाँदा राज्यमन्त्री वा सहायक मन्त्रीले स्वागत गर्न आउँदा नेपाली प्रधानमन्त्रीले आफू अपमानित भएको भन्न नसक्ने ? लुसुक्क, पानीमा रुझेको बिरालोझैं कुना च्याप्ने, किन वजनका साथ दह्रिलो खुट्टासंग नेपालको राष्ट्रिय अस्तित्वका निम्ति सार्वभौम मुलुकको प्रधानमन्त्री आफूमाथि भएको अपमानका विरुद्ध वोल्न नसक्ने ? मुलुकको राष्ट्रियता खोई ? प्रत्येक जंगे पिलरहरू सारिँदा, सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरामा भएको अतिक्रमणका विरुद्ध बोल्ने आँट कहाँ गयो ? के प्रतिपक्षमा हँुदा मात्रै बोल्ने र राष्ट्रियता देखाउने प्रचलन कहिले सम्म ? मुलुकको राष्ट्रिय अस्तित्व जोगाउन खेल्ने भूमिका त नेतृत्वमा हँुदा नै देखाउने होइन र ? कि राष्ट्रियताको प्रसङ्गमा कुरा गर्दा राजा महेन्द्र, राजा बिरेन्द्रकै वंश, सुशील कोइराला, मदन भण्डारी तथा निर्मला पन्तकै हविगत हुने आशंंकामा किन बोल्न डराएको छ मेरो राष्ट्रियताको संरक्षक ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?