ट्रेंडिंग:

>> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन

बजारको मुख्य ठाउँमै छैन शौचालय

२२ कार्तिक २०८०, बुधबार
२२ कार्तिक २०८०, बुधबार

पाल्पा, २२ कात्तिक ।

प्राचीन नगरी तानसेन बजार परापुर्व कालदेखि नै स्वच्छ र वातावरणीय रुपमा परिचित छ । पछिल्ला दिनहरुमा तानसेन आन्तरिक तथा बाह्य पर्यटकको लागि मुख्य गन्तव्यका रुपमा स्थापित हुँदै गएको छ । पहाडको रानी भनिने नगरको बसपाक मै सार्वजनिक शौचालय छैन भन्दा सबैलाई अचम्म लाग्ला ।

यही बसपार्कदेखि गुल्मी, अर्घाखाँची, बाग्लुङ जिल्लालाई गन्तव्य बनाएका ठूलो सख्याका यात्रुहरु हुन्छन् । तर उनीहरु शौचको आवस्था आई परे होटलहरुको भर पर्नुपर्ने वाध्यता भएको स्थानीयहरु बताउँछन् ।

“बसपार्कमा उत्रिएका यात्रुहरु शौचालय जान आत्तिन्छन्, तिनीहरुलाई कहाँ पठाउने, दैनिक रुपमा यस्ता यात्रुहरुले हाम्रो शौचालय प्रयोग गर्दछन्, जसले गर्दा आफनो शौचालय सार्वजनिक जस्तै भएको छ”–स्थानीय किरण चित्रकार भन्छन् । “यतिबेला पर्यटक आउने समय हो । आन्तरिक पर्यटकको समेत भिड लाग्दछ । कुनै दिन सय जना भन्दा बढीलाई सहयोग गर्नु पर्दछ । पानीको समस्या भएको ठाउँमा त समस्यै हुँदो रहेछ”– उनले भने ।

“बाहिरबाट आएका आन्तरिक तथा वाह्य पर्यटकको सवारी साधनको पार्किङ गर्ने भनेको टँुडीखेल नै हो । एउटा बसमा ३० देखि ४० जना सम्म आउँछन् । उनीहरुले हाम्रो सौचालय प्रयोग गर्दछन् । मानवीय धर्म सम्झेर शौचालय प्रयोग गर्न दिनु पर्दछ तर तानसेनमा पानीको त काकाकुल नै हो । धारामा पानी नआउँदा समस्या नै हुन्छ”–स्थानीय रोमकान्त न्यौपाने भन्छन् ।

यो समस्या अहिले सृजना भएको होइन पुरानै हो । नागरिता, राहदानी वा अन्य प्रशासनिक कामका लागि आएका वा बिरामी भएर औषधी गर्न गर्नका लागि होस्, जो केहीलाई पनि यस्तै समस्याले सताउने गर्दछ । तानसेन बजारको मुख्य मुख्य स्थानमा शौचालय नभएका कारण तानसेन आउनेलाई उत्पन्न हुने समस्या पुरानै भएको स्थानीय माधव पाण्डे बताउँछन् । “प्रयाप्त मात्रामा पानी भएका कारण केही हुँदैन थियो, यहाँ त ट्याङ्करले धानेको छ पानी । स्थानीय सरकारको जिम्मेवारी होटल व्यवसायीले पूरा गर्नु परेको छ”–उनले भने ।

नगर सरकारले सार्वजनिक शौचालय निर्माण गरेको दावी गर्दै आएको छ । यस अगाडि निर्माण भएका सार्वजनिक शौचालयहरुको नाम निसाना नै छैन । टुँडीखेलमा नगर सरकारद्वारा निर्मित शौचालयका विषयमा यस क्षेत्रका लागि मात्र जानकारी छ । अन्यत्रको पनि यस्तै हो । जहाँ आवश्यकता हो त्यहाँ छैन । अर्कोतर्फ यस विषयमा कुनै पनि निकायको ध्यान नपुगेको हो । बजारमा बसोबास गर्नेलाई समस्या नै हँुदैन ।

वडा अध्यक्ष सागर महर्जन भन्छन्, “बसपार्कमा सार्वजनिक शौचालयको आवश्यकता हो । यसै आर्थिक वर्षमा आवशयकता र चाहना अनुरुप वडाकै बजेटमा भएपनि निर्माण गरिने छ ।” बजारमा चोक चोकमा सार्वजनिक शौचालयको आवश्यकता रहेको उनी बताउँछन् । महर्जन् भन्छन्, “यसको लागि नगर सरकारले नै पहल गर्नु पर्दछ । वडाको वजेट सीमित हुन्छ अर्कोतर्फ समुदायले पनि जिम्मा लिनु पर्दछ ।” पानीको समस्याका कारण सार्वजनिक शौचालयको समस्या भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?