Butwal Today

कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी गोष्ठी सुरु

२२ कार्तिक २०८०, बुधबार
अ+
अ-

लमही, २२ कात्तिक ।

लुम्बिनी प्रदेश सभाले प्रदेश सभा र स्थानीय तहका बीच कानुन निर्माण तथा कार्यन्वयन सम्बन्धी प्रदेशका १२ जिल्लाका १०९ वटै स्थानीय तहहरुमा अन्तक्र्रियात्मक विचार गोष्ठी शुरु गरेको छ ।

प्रदेश सभाले बुधबार राप्ती उपत्यका देउखुरीमा विचार गोष्ठी कार्यक्रमको आयोजना गरी यस कार्यक्रमको शुरुवात गरेको हो । लुम्बिनी प्रदेश सभाको सभामुख तुलाराम घर्ती मगरले कार्यक्रमको शुभारम्भ गरेका छन् ।

कार्यक्रम शुभारम्भ गर्दै उनले संघीय शासन प्रणाली शुरु हुनुभन्दा अगाडिको कानुनको हकमा संघीय सरकारको दाबी हुन्छ । तर संघीय शासन प्रणाली जारी भैसकेपछि संवैधानिक रुपमा कानुन बनाउने काम अघि बढिसकेपछि भने हस्तक्षेपकारी कानुन संघबाट आए मान्य नहुने तर्क दिए । स्थानीय तहसंग सभामुख कार्यक्रम अन्तर्गत यो कार्यक्रम प्रदेशका १२ जिल्लामा संचालन गरिदैछ ।

प्रदेशका १२ वटै जिल्लाका १०९ स्थानीय तहबीच नै यो कार्यक्रम सञ्चालन गरिने प्रदेश सभाका सभामुख तुराराम घर्तीले बताए ।

कार्यक्रममा देउखुरी क्षेत्रका चार वटै स्थानीय तहका प्रमुख, उप प्रमुख, वडा अध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृतहरु लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।