ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना कार्यान्वयमा जोड

२१ कार्तिक २०८०, मंगलवार
२१ कार्तिक २०८०, मंगलवार

बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्वास्थ्य सेवालाई थप गुणस्तर बनाउन गुरुयोजना अनुसारको निर्माण कार्यलाई अघि बढाउन माग गरिएको छ । लुम्बिनी प्रदेश सरकारले गुरुयोजना कार्यान्वयनका लागि चासो नदिएका कारण सीमित श्रोत र साधनले सेवा उपलब्ध गराउन असहज भैरहेको सरोकारवालाहरुले बताएका छन् ।

चाँदनी नेपाल रुपन्देहीले युएनडिपीको सहयोगमा मँगलबार बुटवलमा अयोजना गरेको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सम्बन्धी सार्वजनिक संवाद कार्यक्रममा सहभागीहरुले विगतको तुलनामा अस्पतालमा सेवाग्राहीको आकर्षण बढ्दै गएको उल्लेख गरे । तर, सेवाग्राहीको आकर्षण र चाप अनुसार जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना तयार नहुँदा सेवा प्रवाह अपेक्षा अनुसार हुन नसकेको उनीहरुले बताए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले अस्पताललाई १२ सय शैय्यामा बिस्तार गर्नेगरी अघि बढेको गुरुयोजना सार्वोच्चमा पुगेर अलपत्र पर्नु दुःखद भएको टिप्पणी गरे ।

गुरुयोजना अनुसार अस्पताल निर्माण गर्ने प्रयोजनले खोलिएको टेण्डरमै करोडौं कमिसनको विवादले सर्वोच्चमा पुगेर रोकिएको छ । प्रदेश सरकारले अस्पतालमा सेवा विस्तार तथा विशिष्टिकृत गर्नका लागि निर्माण भएका योजना कार्यन्वयनमा चासो नदिएको श्रेष्ठले बताए । ‘अस्पतालमा सेवा विस्तार गर्दै ७ सय शैय्या हुँदै १२ सय शैय्यासम्म पुर्याउने गरी योजना बन्यों, तर आर्थिक चलखेलले गर्दा डेढ वर्षदेखि अदालतामा अड्किएको छ, सरकारले महत्व दिएन ।’–श्रेष्ठले भने ।

यसैगरी अस्पतालमा उपलब्ध हुँदै आएको सामाजिक सेवा ईकाईको सेवामा समेत सरकारले प्रयाप्त बजेट विनियोजन नगर्दा आर्थिक भारमा परिरहेको उनले बताए । अस्पतालको आन्तरिक श्रोत समेत प्रयाप्त नभएको अवस्थामा सामाजिक सेवा ईकाई सञ्चालनमा सरकारले आवश्यक लगानी गर्न उनले आग्रह गरे । जिल्ला तथा स्थानीय तहमा भएका स्वास्थ्य इकाईहरुमा स्वास्थ्य सेवा गुणस्तर वृद्धि गरी प्रादेशिक अस्पतालमा सेवाग्राहीको चाप कम गर्न सकिने उनले बताए । जिल्लाका अस्पतालहरुमा उपचार सम्भव गराउन सकिने सेवाका लागि पनि सेवाग्रहीहरु प्रादेशिक अस्पतालमै आउनु पर्ने बाध्यताका कारण सेवा प्रवाहमा कठिनाई हुँदा बेला–बेलामा प्रश्नहरु उठ्ने गरेको उनले बताए ।

यसैगरी लुम्बिनी प्रदेश सांसद जमुना ढकालले लुम्बिनी प्रादेशिक अस्पतालका समस्या समाधानका लागि पहल गर्नुपर्ने बताउँदै यदि प्रदेश सरकारले नसक्ने हो भने संघीय सरकारलाई जिम्मा लगाउनु पर्ने धारणा व्यक्त गरिन् । विगतको तुलनामा अस्पतालमा सेवा प्रभाव थप प्रभावकारी हुँदै जाँदा जनताको मत जित्न सफल भएको दाबी गर्दै उनले सोही अनुसार भौतिक संरचना तथा जनशक्ति व्यवस्थापनमा सबैले पहल गर्न आवश्यक रहेको उल्लेख गरिन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. नेत्र रानाले अस्पतालमा २०५० सालकै दरबन्दीमा रहेर काम गर्नुपरेको गुनासो गरे । अस्पतालमा आवश्यक दरबन्दी नहुँदा सेवा प्रवाहमा समस्या भैरहेको उल्लेख गरे । यसैगरी अस्पतालमा सञ्चालन भएको सामाजिक सेवा ईकाई तथा स्वास्थ्य विमा कार्यक्रमले विरामीलाई अस्पतालसम्म ल्याउन प्रेरणा जगाएको उल्लेख गरे । स्वास्थ्य विमा र सामाजिक सेवा ईकामा सेवाग्राहीको आकर्षण बढिरहेको उल्लेख गर्दै रानाले सोही अनुसार सरकारले श्रोत साधनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

नेकपा एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किसन ज्ञवालीले स्वास्थ्य सेवालाई गुणस्तर बनाउनका लागि सबैले आफ्नो ठाउँमा रहेर भूमिका निभाउनु पर्नेमा जोड दिए । सरकारले अस्पतालको गुरुयोजना अघि बढाउन नसकेकोप्रति प्रश्न उठाउँदै उनले सामूहिक पहलबाट नै समस्याको हल निकाल्नुपर्नेमा जोड दिए । स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले स्वास्थ्य सचेतना तथा गुणस्तर वृद्धिका बारेमा विभिन्न स्थानीय तह, स्वास्थ्य संस्था लगायत सरोकारवालाहरुका बिचमा कार्यक्रमहरु भइरहेको उल्लेख गरे ।

लुम्बिनी प्रादेशिक अस्पताल लुम्बिनी प्रदेशकै गौरवको आयोजना हो । बि.सं. २०७६ साल चैत ४ गते तत्कालीन प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम नेतृत्वको समितिले सरकारलाई गुरुयोजना बुझाएको थियो । तर गुरुयोजना बुझाएको चार वर्ष पूरा हुँदा पनि काम अघि बढ्न सकेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल गुरुयोजना अनुसार निर्माण हुने हो भने आगामी एक सय वर्षसम्मको विरामीको भार क्षमता थेग्न सक्ने दाबी गरिएको छ । अस्पतालको संरचनाका लागि १४ अर्ब रूपैयाँ खर्च हुने अनुमान छ । त्यसैगरी मुख्य भवन १० तला बनाउने, अस्पतालको छतमा हेलिप्याड समेत बनाउने गरी १२ सय शैयाको अस्पताल बनाउने परिकल्पना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?