ट्रेंडिंग:

>> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै

होटल तथा रेष्टुरेन्ट ब्यवसायीको रक्तदानमा ५३ युनिट रगत संकलन

२१ कार्तिक २०८०, मंगलवार
२१ कार्तिक २०८०, मंगलवार

बुटवल, २१ कात्तिक ।

अस्पतालमा उपचारार्थ बिरामीहरुलाई रगत अभाव हुन नदिने उद्देश्यका साथ बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा मंगलबार बुटवलमा वृहत रक्तदान कार्यक्रम गरिएको हो ।

एक समारोहका बिच होटल ब्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस अवसरमा उनले देशमा विभिन्न महामारीकै कारण आर्थिक, मानसिक पीडा भोग्नुपरेको बेला पनि सामाजिक कार्यमा आफुहरु संस्थागत रुपमा अघि बढेको बताए । रक्तदान सबैभन्दा महादानको कार्य भएको भन्दै रक्तदान अभियानमा युवाहरुको सहभागिता बढ्नु सकारात्मक भएको उनले बताए । शरीरमा ३ महिनामा खेर जाने रक्तदान दान गरेर अरुको जीवन बचाउन सकिने हुँदा पनि नियमित रक्तदान गर्नु महान काम भएको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले चाडपर्व लक्षित रक्तदान कार्यक्रम गरेको बताए । दैवीप्रकोप, मौसम परिवर्तनसंग बिरामीको चाप बढ्दा रगतको माग दैनिक एक सय बढी पोईन्ट माग हुने, रक्तदान कार्यक्रम कम हुँदा समस्या उत्पन्न भएको बेला रक्तदान कार्यक्रम गरी थोरै भएपनि सहयोग गरेको बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भट्टराई, संस्थाका सल्लाहकार चिरञ्जीवी शर्मा, नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितिका सदस्य बुद्धि ज्ञवाली, संघका महासचिव अर्जुन थापाले रक्तदान अभियानलाई सबैको साथ र सहयोग जरुरी रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको संयोजक केशवराज पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?