ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
टि–ट्वान्टी विश्वकप छनौट

सुपर ओभरमा चुक्यो नेपाल

२० कार्तिक २०८०, सोमबार
२० कार्तिक २०८०, सोमबार

बर्दघाट, २० कार्तिक । सुपर ओभरमा कमजोर प्रदर्शन गरेसँगै नेपाल आइ सि सि टि ट्वान्टी विश्वकप छनौट एशिया क्षेत्रको उपाधिबाट चुकेको छ । निर्धारित २० ओभरमा जितका लागि नेपालले राखेको १ सय ८५ रनको लक्ष्य पच्छाउने क्रममा ओमानले १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा पहिले ब्याटिङ्ग गरेको ओमानले २१ रन जोडेको थियो । २२ रनको लक्ष्य पाएको नेपाल मात्र १० रन बनाउँदै उप–विजेतामा सिमित रह्यो ।

निर्धारित २० ओभरको खेलमा लक्ष्य पच्छाएको ओमनका लागि कश्यप प्रजापतिले ५२ बलमा ६३ रन बनाउँदै अर्धसतकिय पारी खेले । उनी अभिनाष बोहोराको बलमा रोहित पौडेलद्धारा बाउन्ड्री लाइनमै समातिएका थिए । ओपनर ब्याटसम्यान प्रतिक अथाभले मात्र ७ रनमा पवेलिएन फर्केका थिए । प्रजापति र इल्यासले ६७ रनको साझेदारी गरे । कप्तान जिसन मक्सुदले २६ रनको योगदान गरेका थिए । निकै आक्रमक खेलेका इकियाव इल्यासलाई सुन्दिप जोराले गुलशन झाको बलमा प्वाइन्ट कभरमा आउट गरेपछि टिम डगमगाएको थियो । इल्यासले १९ बलमा ३३ रन जोडेका थिए । ओमानको लागि पुछारतिर ब्याटिङ्ग गर्न आएका मोहम्मद नदिमले ९ बलमा २४ रन जोडदै समान स्कोर बनाउन महत्वपुर्ण योगदान गरेका थिए ।

नेपालका लागि सन्दिप लामिछाने र करण के.शी ले समान २–२ विकेट लिएका थिए । यस्तै सोमपाल कामी, गुलशन झा, विवेक यादव र अभिनास बोहोराले समान १–१ विकेट लिएका थिए । यसअघि टस जिती ब्याटिङ्ग रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रनको बिशाल रनस्कोर खडा गरेको थियो । नेपालका लागि मध्यक्रमका गुलशन झा र कप्तान रोहित पौडेलले अर्धसतकिय पारी खेलेका थिए । झा आक्रमक ब्याटिङ्ग गर्दै २५ बलमा ५४ रनको योगदान गरे, यस्तै पौडेलले ३७ बलमा ५२ रन बनाउँदै नटआउट रहे ।
सुरुवाती ब्याटस्म्यान आशिफ शेख ६ रन बनाउँदै सस्तैमा आउट भएपनि कुशल भुर्तेलले गतिलो सुरुवात दिलाएका थिए । भुर्तेल ३१ रनमा आउट भए । सन्दिप जोरा १०, कुशल मल्ल ३ र विवेक यादब मात्र १ रनमा आउट भएका थिए । यादव आउट भएपछि मैदान प्रवेश गरेका करन के.शी.मात्र ६ रन खेल्दै अविजित २० रन बनाए । ओमानका लागि विलाल खानले ३ विकेट लिएका थिए ।
यस्तै अकिव इल्यासले २ र जिसन मक्सुदले १ विकेट लिएका थिए ।

निर्धारित ओभरमा दुबै टोलीले समान १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरम गएको थियो । सुपर ओभरमा नेपालको तर्फबाट बलिङ्ग गरेका अभिनास बोहोराको ३ वटा फुलटसमा नसिम खुसीले ३ छक्का प्रहार गरेका थिए । ओमानले नेपाललाई २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालको तर्फबाट ब्याटिङ्ग गर्न उत्रेका कुशल भुर्तेल पहिलो बलमै आउट भए । कुशल मल्लले २ चौका प्रहार गरे पनि जितको लागि अपुग रह्यो । नेपालले मात्र १० रन जोडन सकेको थियो । उत्कृष्ट प्रदर्शन गरेका ओमानका कश्यप प्रजापती प्लेयर अफ दि म्याच चुनिए भने प्रतियोगिताभर १० विकेट लिँदै १०६ रन बनाएका ओमानका अलराउण्डर अक्युव इल्यास प्लेयर अफ द सिरिज चुनिएका थिए । कुल ८ टिम सम्मिलित छनौट प्रतियोगिताबाट नेपाल र ओमान विश्वकपका लागि छनौट भइसकेका छन । प्रतियोगिताको एकै समुहमा रहेका नेपाल र ओमान छनौट भएका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?