ट्रेंडिंग:

>> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो

रामपुरका विद्यालयमा ‘बुक फ्रि फ्राई डे’

१९ कार्तिक २०८०, आइतबार
१९ कार्तिक २०८०, आइतबार

पाल्पा, १८ कार्तिक– रामपुर नगरपालिकाले नगर भित्रका सबै विद्यालयमा बुक फ्रि फ्राई डे कार्यक्रम लागु गरेको छ । रामपुर नगरपालिकाले सञ्चालन गरेको बुक फ्रि फ्राई डे कार्यक्रमको नगर प्रमुख सहितको एक टोलीले अनुगमन गरेको छ । रामपुर नगरपालिकाले विद्यालयमा यस आर्थिक बर्षबाट सञ्चालन गरेको बुक फ्रि फ्राई डे कार्यक्रमको अनुगमन गरेको हो ।

कार्यक्रम अन्तर्गत विद्यालयमा हरेक शुक्रबार विद्यार्थीहरूलाई व्यवहारिक सिप सिकाईन्छ । कालिका माध्यमिक विद्यालय रामपुर ४ देविस्थान, रामपुर आधारभूत विद्यालय रामपुर ५ कान्जीहाउस र नवदुर्गा माध्यमिक विद्यालय रामपुर ६ तिलकपुरमा सञ्चालित बुक फ्रि फ्राई डे कार्यक्रमको अनुगमन गरेको हो ।

नगर भित्रका विभिन्न विद्यालयहरूमा बुक फ्रि फ्राई डे कार्यक्रमको अनुगमन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विद्यार्थीहरूलाई संस्कार सहितको व्यवहारिक ज्ञान प्रदान गर्नका लागि बुक फ्रि फ्राई डे कार्यक्रम सञ्चालन गरिएको बताए । साथै विद्यार्थीहरूको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराई सोही कला र क्षमताको विकास गर्न यो कार्यक्रमको अवधारणा ल्याइएको बताए । नगर प्रमुख थापाले विद्यार्थीहरूको आवश्यकता र चहानालाई समेटेर हरेक विद्यालयले यो कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरे । विद्यालयमा दिइने सैद्धान्तिक ज्ञान व्यवहारिक नहुने र असल व्यक्ति नहुने भन्दै व्यवहारिक ज्ञानले मात्र असल व्यक्ति बनाउने उल्लेख गरे । किताबी ज्ञानले मात्र सबै शिक्षा पुरा नहुने भन्दै बुक फ्रि फ्राई डे कार्यक्रमले व्यवहारिक र जीवन उपयोगी सिप सिकाउने बताए ।

यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले कक्षामा दिईने शिक्षाले केही हद सम्मको शिक्षा प्रदान गरे पनि व्यवहारिक शिक्षा प्राप्त नहुने बताए । नगर क्षेत्रको शिक्षालाई व्यवहारिक र प्रभावकारी बनाउनका लागि नगरपालिकाले बुक फ्रि फ्राई डे कार्यक्रम सञ्चालन गरेको बताए । यसैगरी रामपुर नगरपालिका शिक्षा शाखा प्रमुख विकल कफ्लेले नगरले लिएको शिक्षा नीति अन्तर्गत सबै विद्यालयले यो कार्यक्रमलाई निरन्तरता दिएको र विद्यार्थीहरूको व्यवहारमा पनि परिवर्तन आएको बताए ।

कार्यक्रम अन्तर्गत बार्षिक रूपमा कार्यतालिका बनाएर विद्यार्थीहरूलाई विभिन्न व्यवहारिक सिप सिकाउँदै आएको नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त न्यौपानेले जानकारी दिए । विद्यार्थीहरूमा रहेका प्रतिभाको पहिचान र विद्यार्थीको क्षमतालाई वृद्धि गरि विद्यार्थीहरूको भविष्य निर्माणमा सहज हुने विश्वास लिएको कालिका माध्यमिक विद्यालय रामपुर ४ देविस्थान पाल्पाका प्रधानाध्यापक मनीराज अधिकारीले बताए । विद्यार्थीहरूलाई हस्तकलाका सामग्री निर्माण , रहन सहन , कला संस्कृति सम्बन्धि सिकाई संगै विद्यार्थीहरूको दिगो सिकाईका निम्ती सहयोग पु¥याएको रामपुर आधारभुत विद्यायका प्रधानाध्यापक विजय शर्माले भने । कार्यक्रम अन्तर्गत यी विद्यालयहरूमा शुक्रबार विद्यार्थीहरूलाई फुलको माला बनाउन सिकाईएको थियो । हाम्रो नर्सरी फम रामपुरका सञ्चालक दिल बहादुर थापाले फुलको माला गाँस्न सिकाए । नगर भित्रका विद्यालयले प्रत्येक हप्ताको शुक्रबार बुक फ्रि फ्राई डे कार्यक्रम अन्तर्गत विभिन्न व्यवहारिक ज्ञान सिप सिक्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?