Butwal Today
बुटवल फर्निचर उद्योग संघको २३ औ वार्षिक साधारण सभा तथा १२ औ अधिवेशन

तेज प्रसाद पराजुलीको अध्यक्षतामा सर्वसम्मत नया नेतृत्व चयन

१९ कार्तिक २०८०, आइतबार
अ+
अ-

बुटवल, १९ कार्तिक। बुटवल फर्निचर उद्योग संघको २३ औ वार्षिक साधारण सभा तथा १२ औ अधिवेशनबाट तेज प्रसाद पराजुलीको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । जसको वरिष्ठ उपाध्यक्षमा जीवकान्त काफले, द्धितिय उपाध्यक्षमा नेत्र रुचाल, महासचिव खिम बहादुर खड्का, कोषाध्यक्ष काशीराम पोखरेल, सचिव लिल बहादुर कार्की, सहकोषाध्यक्ष बुद्ध बहादुर सारु तथा सदस्यहरुमा अनिरुद्ध खनाल, भोजराज पाण्डे, बिनोद ढकाल, गणेश पन्थी, अग्नी कुमार अग्रवाल, गोबिन्द श्रेष्ठ, देबेन्द्र शर्मा, महिला सदस्य पुजा अग्रहरी निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत लोक प्रसाद खरेलले बताए ।

नवनिर्वाचित अध्यक्ष तेज प्रसाद पराजुलीले आफु संघमा निरन्तर विभिन्न पदमा रहेर काम गरेको अनुभवबाट नेतृत्वसम्म आएको भन्दै उद्योगीहरुको हकहितका लागि निरन्तर लाग्ने प्रतिवद्धता जनाए । अहिलेको आर्थिक संकट, नीतिगत कठिनाई र झोले ब्यवसायीहरुको समस्या समाधानको लागि छरिएर रहेको उद्योगीहरुलाई संगठित गर्दै संस्थालाई बलियो बनाएर काम गर्ने बताए ।

रुपन्देही जिल्लामा १ हजार ५ सय उद्योगहरुमा ७ हजार ५ सय जना युवाहरु रोजगार पाएका छन । ६० प्रतिशत भारतिय रोजगारमा छन । देशका सामुदायिक र सरकारी वनबाट १० करोड र नीजि वनबाट २ करोड गरि १२ क्युफिट काठ उत्पादन हुन्छ । देशमा भने जम्मा ३ करोड क्युफिट खपत हुन्छ। सरकारी कार्यालयहरुमा स्वदेशी उद्योगको प्रयोगलाई प्रोत्साहन गरे पाच वर्षमा आत्मनिर्भर बन्न सक्छ । संघमा हाल २ सय उद्योगीहरु आवद्घ छन । यसैबिच फर्निचर ब्यवसायीहरुको हकहितमा संचार क्षेत्रबाट गरेको योगदान स्वरुप संघका प्रेस सल्लाहकार दामोदर खनाललाई नगद ११ हजार १ सय ११ रुपैयासहित सम्मानपत्रबाट सम्मान गरिएको छ ।