ट्रेंडिंग:

>> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता 
बहिरा तथा सुस्तश्रवण संघ रुपन्देहीको विशेष साधारण सभा

अधिकारका लागि एकतावद्ध र संस्थागत हुनुपर्ने सुझाव

१९ कार्तिक २०८०, आइतबार
१९ कार्तिक २०८०, आइतबार

बुटवल, १९ कार्तिक । बहिरा तथा सुस्तश्रवण संघ रुपन्देहीको विशेष साधारण सभा तथा अधिवेसन बुटवलमा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अपांगता अधिकारको लागि स्थानिय सरकार सधै सकारात्मक रहेको बताए । उनले यस आर्थिक बर्षमा अपांगता भएका व्यक्तिहरुको सेवाको लागि सहजता ल्याउने गरी पालिकामा दोषासे सहितको अपांगता हेल्प डेक्स स्थापना गर्ने प्रतिवद्धता जनाए । ‘कार्यपालिका बैठकबाट निर्णय गराएर हामी हेल्प डेक्स स्थापना गर्ने छौं ।’— उनले भने ।
अपांगता अधिकारको लागि तालिम, गोष्ठी लगायतका विभिन्न आयमुलक तथा सेवामुलक तालिमसंगै अपांगता भएका व्यक्तिहरुको लागि समाजमा पुर्नस्थापनाका कार्यक्रम चलाउने बताए ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष कुमार रेग्मीले अपांगता अधिकारको लागि सबै जना एक जुट हुनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालका संघीय अनुसासन आयोगका संयोजक देवी बहादुर पोखरेलले अपांगता अधिकारको लागि सबै तहका सरकारले विशेष योजना बनाएर अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा बुटवलउपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष यज्ञ प्रसाद पंगेनीले अपांगता भएका व्यक्तिहरुको लागि वडा वडामा बजेट विनियोजन गरिएपनि समन्वय अभावमा उपयोग र प्रभावकारी नभएको भन्दै आगामी दिनहरुमा सरोकारवाला संस्थाहरुसंग सहकार्य गरिने बताए ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय सदस्य मदन बोहोरा, लुम्बिनी प्रदेश सचिव सन्तोष पन्थी, सडक डिभिजन बुटवलका प्रमुख महेश्वर लम्साल, संस्थाका सल्लाहकार पिताम्बर लम्साल लगायतले संस्थागत रुपमा आफुहरु अधिकारको लागि आवाज उठाउदा सुनुवाई भएको बताए ।

कार्यक्रममा अध्यक्ष कासीराम न्यौपानेले संस्थाको वार्षिक प्रतिवेदन र महासचिव नसिव खड्काले आर्थिक प्रतिवेदन प्रगतिबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?