Butwal Today

भूकम्पमा घाइतेको उपचार गर्न सुदूरपश्चिम सरकारले एक करोड दिने

१८ कार्तिक २०८०, शनिबार
अ+
अ-

धनगढी,१८ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुममा भूकम्पमा परी घाईते भएकोहरुको उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।
आज बसेको सुदूर पश्चिम प्रदेश सरकारको मन्त्रि परिषदको बैठकले घाईतेहरुको उपचार तथा, भूकम्पबाट प्रभावित भएकाहरुको सहयोगका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री कमल बहादुर शाहले आज बिहान आयोजित पत्रकार सम्मेलनमा घाईते तथा भूकम्प प्रभावितहरुको उपचारका लागि एक करोड रुपैया र घाईतेहरुको उपचारका लागि चिकित्सक सहित २० जनाको स्वास्थ्य टोली पठाउने जानकारी दिए ।
मुख्यमन्त्री शाहका अनुसार स्वास्थ्य टोली आजै भूकम्प प्रभावित क्षेत्रमा जाने छ ।