Butwal Today

भूकम्पबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो

१८ कार्तिक २०८०, शनिबार
अ+
अ-

काठमाडौँ, १८ कात्तिक ।

गएराति पश्चिम नेपालमा आएको भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

यसरी ज्यान गुमाउनेमा पुरुषभन्दा महिलाको संख्या धेरै छ। जाजरकोटमा ६२ जना महिला र ३३ पुरुषको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै, रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको तथ्यांक प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ।

त्यस्तै जाजरकोटमा ८१ र रुकुम पश्चिममा ७९ जना घाइते भएका छन्।

गएराति आएको ६.४ रेक्टरको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ। जाजरकोट र रुकुम पश्चिमका विभिन्न गाउँहरूमा अहिले राहत तथा उद्धार टोली खटिएको छ। भूकम्पपछि त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ।