ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

चुनावताका गाडेका पोल हेरेर बिजुलीको आश

१८ कार्तिक २०८०, शनिबार
१८ कार्तिक २०८०, शनिबार

रोल्पा, १८ कार्तिक । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. १ शिवाङधारामा विद्युतको पोल गाडेको १ वर्ष भएपनि अझै सम्म लाईन बिस्तार गरिएको छैन । २०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर विद्युत बिस्तार थालिएपनि निर्वाचन सम्पन्न पछि भने उक्त काम अलपत्र परेको छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट रोल्पा प्रदेश सभा ख वाट निर्वाचित दीपेन्द्रकुमार पुन मगरले आफ्नो पहलमा तत्काल विद्युत बिस्तारको काम गर्ने भने पनि हालसम्म सो गाउँमा विद्युत पुग्न सकेको छैन । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको साझा उम्मेद्वार बनेर प्रदेश सभा सदस्य निर्वाचित भएका पुन २०७९ सालको निर्वाचनमा भने स्वतन्त्र उम्मेदवार बनेका थिए । काँग्रेस माओवादी केन्द्र गठबन्धनले रोल्पा प्रदेश सभा ख मा नेपाली काँग्रेसका अमरसिंह पुनलाई टिकट दिएपछि पुन स्वतन्त्र उम्मेदवार बनेका थिए ।

२०७९ साल मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचन संगसंगै पोल पनि गाडिए पनि अहिले विद्युत विस्तारको काम अलपत्र परेको छ स्थानीय होमवहादुर खड्काले भने । चुनावको वेला पोल गाड्न सुरु गरिएपनि अझै १० वटा पोल अपुग छ खड्काले भने । विद्युतको तार भने करिब १ किलोमिटर मात्रै विस्तार गरिएको छ खड्काले भने । शिवाङधाराका लागि विद्युतको लाईन रोल्पा नगरपालिका ६ कोजकवाट जोड्न थालिएको छ, ती दुई गाउँको दुरी करिव ४० किलोमिटर छ खड्काले भने ।

अँध्यारोमा वस्न बाध्य स्थानीयहरू विजुली आउने आशाले पार्टी समेत परिवर्तन गरेका थिए । गाउँमा विजुली ल्याईदिने आश्वासनमा सो गाउँका करिव ४० जना नेपाली काँग्रेसका कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए खड्काले भने ।
पोल गाडेको १ वर्ष पार गर्दा समेत काम सुरुआत नभएपछि आफुहरू संवन्धित निकायको ढोका चाहार्दै हिडेपनि कसैले जिम्मेवारी बोध गरेका छैनन खड्काले भने । गाउँपालिका जाँदा विद्युत प्राधिकरणको काम हो भन्छ भने विद्युत प्राधिकरण जाँदा गाउँपालिकाको काम हो भनेर पंछिने काम भएको छ खड्काले भने ।

त्रिवेणी गाउँपालिका वडा नं. १ मा पर्ने सिवाङधारा गाउँ रोल्पा नगरपालिकाको सिमानामा पर्छ । विजुलीको पर्खाईमा सो गाउँका ६० घरधुरीले अध्यारोमा रात काट्नु परेको छ, भने मोवाईल चार्ज गर्न समेत छिमेकी गाउँ जानु पर्ने बाध्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?