Butwal Today

भुकम्पमा अमिन भण्डारीका दीदिभाईको ज्यान गयो

१८ कार्तिक २०८०, शनिबार
अ+
अ-

सुर्खेत,१८ कात्तिक। गएराती जाजारकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परी अमिन एलिना भण्डारीको मृत्यु भएको छ । २५ बर्षिया उनी जाजारकोट नापी कार्यालयमा कार्यरत थिइन् ।

दैलेख जिल्ला दुल्लु नगरपालिका ६ निवासी भण्डारी जागिरको सिलसिलामा जाजारकोट बस्दै आएकी थिइन् । भूकम्पबाट उनीसंगै उनका भाइ प्रज्वल भण्डारीको पनि मृत्यु भएको कर्णाली प्रदेश सभाका सदस्य एंव दुल्लु नगरपालिकाका पूर्व मेयर घनश्याम भण्डारीले जानकारी दिए ।