Butwal Today

एमाले रुपन्देहीले शनिबार चियापान कार्यक्रम गर्दै

१७ कार्तिक २०८०, शुक्रबार
अ+
अ-

बुटवल, १७ कात्तिक ।

नेकपा (एमाले) रुपन्देहीले दशैं, तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा यही कात्तिक १८ गते शनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । रुपन्देही जिल्ला कमिटीले पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरेको पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बताए ।

प्रायः दलहरुले अन्तरपार्टी सम्वन्ध तथा कार्यकर्तासंगको सामिप्यता बढाउन यसप्रकारका कार्यक्रमको आयोजना गर्ने गरेका छन् । नेकपा (एमाले) का उपाध्यक्ष, रुपन्देही क्षेत्र नं. २ का सांसद, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा यस जिल्लामा क्रियाशील सवै पार्टीका नेता, कर्मचारी, सुरक्षा निकायका अंग, पत्रकार लगायतको उपस्थिति रहने एमाले जिल्ला अध्यक्ष केसीले बताए ।

चियापान कार्यक्रम एमालेको लुम्बिनी प्रदेश कार्यालय बुटवल सुख्खानगर परिसरमा आयोजना गरिने छ । जिल्ला अध्यक्ष केसीले यस क्षेत्रका जनप्रतिनिधि, पार्टीका नेता, सुरक्षा निकाय, पत्रकार, विभिन्न संघसंस्था लगायतलाई निमन्त्रणा गरिसकिएको बताए ।