Butwal Today

आईसीसी टी-२० विश्वकप छनोट : नेपालले पहिले बलिङ गर्ने

१७ कार्तिक २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ, १७ कात्तिक ।

आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।

आजको खेलको विजेताले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ। नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा मैदान उत्रदैछ। यसअघि सन् २०२२ फेब्रुअरीमा यूएईकै घरेलु मैदानमा यूएईसँगै पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो।

घरेलु टोली नेपाल यो पटक घरेलु मैदानमा यूएईलाई पराजित गर्दै नयाँ इतिहास लेख्न चाहन्छ।