Butwal Today

विश्वकप छनोट : युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

१७ कार्तिक २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं, १७ कात्तिक ।

टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए ।

नेपालका कुशल मल्लले ४, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।

नेपाली स्पीनरहरुले कँसिलो बलिङ गरे।

नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिए। सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रन मात्र खर्चिए। कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिए।

यो खेल जित्ने टोली आगामी वर्ष आयोजना हुने विश्वकपमा छनोट हुने छ। यूएईले उत्कृष्ट सुरुवात गरेको थियो। सुरुका तीन ओभरमा विकेट नगुमाई २९ रन जोडेको यूएईले त्यसपछि एक रनको अन्तरमा दुवै ओपनरलाई गुमाएको थियो। त्यसपछि नेपाली स्पीनरहरुले यूएईका ब्याट्सम्यानहरुलाई लगातार दबाबमा राखेका थिए।