ट्रेंडिंग:

>> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु 

लमही बजार अनुगमन, म्याद गुज्रिएका सामान बरामद

१७ कार्तिक २०८०, शुक्रबार
१७ कार्तिक २०८०, शुक्रबार

लमही, १७ कात्तिक ।

उपभोक्ताहरु ठगिएको गुनासो आउन थालेपछि शुक्रबार लमहीमा बजार अनुगमन भएको छ ।

बर्षमा एकपटक चाडपर्व नजिकिदै गर्दा लमही नगरपालिकाले लमही बजारको अनुगमनलाई तीब्र पारेको हो । सो अनुगमनबाट उपभोक्ता भने सन्तुष्ट छैनन् । उनीहरु एक बर्षमा औपचारिकता निभाएको गुनासो गर्छन् । अनुगमन गर्नु भन्दा पहिले व्यापक हल्ला गर्ने ब्यापारीहरुले म्याद गएको समान लुकाउने गरेको उपभोक्ताहरु बताउँछन् । त्यसैगरी पसलैपिच्छे एउटै सामग्रीको मूल्य फरक भएको उपभोक्ताहरु बताउँछन् । नागरिक समाज दाङका उपसंयोजक निम बहादुर थापा भन्छन्, “अनुगमन कम्तीमा ३÷३ महिनामा गरिनु पर्छ । पछिल्लो समयमा उपभोक्ताहरुको ढाड सेकिने गरी मनोमानी मूल्य वृद्धि भएको छ । अनुगमन, कारबाही छैन । त्यसकारण उपभोक्ता ठगिएका छन ।”

यता अनुगन टोलीले अनुगमनका क्रममा बीस हजार बढीको सामानहरु बरामद गरी नष्ट गरेको छ । लमहीको कान्छी रोडमा रहेको डिके सप्लायर्सले तीन वर्ष अघि नै म्याद गुज्रेका समान बिक्री गर्दै आएको फेला परेको छ । सप्लायर्सका नाममा पसल संचालन गरी विभिन्न ब्राण्डका भारतीय कम्पनीका मिठाईहरु ग्रामीण भेगमा लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको संचालकले स्विकार गरेका छन् ।

त्यसैगरी लमही नगरपालिका –५ सुनखोलीमा रहेको जय शम्भो पाउरोटी उद्योगले एक दिन अगाडिको मिति राखेर पाउरोटी बिक्रि गरेको तथ्य फेला परेको छ । उक्त उद्योगलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिने भएको छ । उद्योगले दुई जना बालकलाई समेत कामदारका रुपमा राखेकोले बाल ऐन अन्तर्गत संचालकलाई कारबाही प्रक्रियामा लैजाने वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक शकर श्रेष्ठले बताए ।

त्यसैगरी गितेस किराना पसलबाट म्याद गुज्रेको एक प्याकेट बिस्कुट, आचार्य डेरीबाट उत्पादन गरेको मिति नराखेको तीन पोका डोनट बरामद गरिएको छ ।

अनुगमनमा लमही नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा, अधिकृत लक्ष्मी सुवेदी, इलाका प्रशासन कार्यालय लमहीका प्रमुख उदयराज भट्टराई, वडा प्रहरी कार्यालय लमहीका प्रहरी वरिष्ठ सहायक निरीक्षक सुरज शाही, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेल, केशवराज घिमिरे, अक्कबर अलि, सोभाखर अर्याल, वसन्त कुमार भण्डारी लगायतको सहभागितामा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा फेला परेका अखाद्य बस्तु, म्याद गुज्रिएका सामानहरु बरामद गरी सबै नष्ट गरिएको छ । दर्ता नभएका पसलहरु नगरपालिकामा दर्ता गर्न, समयमा कर तिर्न, मानव स्वास्थ्यमा असर पर्ने खालका सामानहरु बिक्रीवितरण नगर्न व्यवसायीलाई अनुगमन टोलीले भनेको छ । डिके सप्लायर्स र जय शंभो पाउरोटी उद्योगलाई २०÷२० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यदि अटेरी गरेर त्यस्ता सामान बिक्री गरेको पाइए कानून अनुसार कारबाही गरिने लमही नगरपालिका प्रशासन शाखा प्रमुख महेश थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?