ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

राष्ट्रिय अभियानमा सबै सहभागी बनौ

१७ कार्तिक २०८०, शुक्रबार
१७ कार्तिक २०८०, शुक्रबार

राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग अन्तरगत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आज र भोली शुक्रवार देशैभरी एकैसाथ संचालन भएको छ । आफ्ना बालबालिकाहरूलाई तोकिएअनुसार भिटामिन ए र जुकाको औषधी खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायीक महिला स्वास्थ्य स्वयंसेविकाहरूसंग सम्पर्क गरी अनिबार्य रूपमा सेवन गराऔं । आफ्ना बालबालिकालाई यो अभियानमा नछुटाऔं । ६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन एको क्याप्सुल र जुकाको औषधी खुवाउन नभुलौं ।

यो अभियानले बच्चालाई कमजोरी हुनबाट बचाउँछ । लुलो लङ्गडोको साथै असक्त हुनबाट बचाउनुका साथै अरू रोगसंग लड्ने क्षमता पनि बढाउँदछ । रतन्धो जस्तो घातक रोग हुनबाट समेत बचाउँछ । त्यसैले आफ्ना बालबालिकाहरूलाई निशुल्करूपमा उपलब्ध भएको यो औषधी सेबन गराउने कार्यमा अनिवार्य रूपमा सहभागी बनौं । भिटामिन ए को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागि हरेक सुचिकृत स्वास्थ्य स्ांस्थाहरूले सामुदायीक महिला स्वास्थ्य स्वयमसेविकाहरूद्वारा बर्षको दुईपटक कार्तिक र बैशाख महिनामा भिटामिन ए को क्याप्सुल खुवाईन्छ । जसमा ६ देखी ११ महिनाका लागि एकलाख आई.यु.र १२ महिनादेखि ५९ महिना सम्मकालागि दुईलाख आई.यु.खुवाउनु पर्दछ । साथै दादुरा, कडा कुपोषण, दिर्घ झाडापखाला र भिटामिन ए को कमीबाट हुने आँखा सम्बन्धि रोगहरूको लागी पनि स्वास्थ्य संस्थाहरूबाट भिटामिन ए को क्याप्सुलद्वारा उपचार गरिन्छ । त्यसैगरी शिशुलाई स्तनपानमार्फत भिटामिन ए को आपुर्ति गर्ने उद्देश्यले सुत्केरी महिलाहरूलाई शिशु जन्मेको ६ हप्ताभित्र स्वास्थ्य संस्था तथा सामुदायीक महिला स्वास्थ्य स्वयमसेविकाहरूबाट एक क्याप्सुल दुईलाख आई.यु.भिटामिन ए खुवाईन्छ । साथ साथै परजिबी नियन्त्रण कार्यक्रम अन्तर्गत जन्मेदेखि १ बर्ष उमेरसम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाईदैन भने १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूलाई सामुदायीक महिला स्वास्थ्य स्वयमसेबिकामार्फत अर्धबार्षिक रूपमा कार्तीक र बैशाख महिनामा जुकाको औषधिअल्बेन्डाजोल ४०० मिलिग्राम एक मात्रा खुवाउने जसमा १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाका लागि २०० मिलिग्राम र २४ महिनादेखि ५९ महिनासम्मका बालबालिकाका लागि ४०० मिलिग्राम खुवाईन्छ । बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्र्तगत बिद्यालय जाने बालबालिकाहरूलाई अर्धबार्षीक रूपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधी अल्बेन्डाजोल ४०० मिलिग्राम एकमात्रा खुवाउने चलन छ र सोही अनुसार सहभागी गराई खुवाउनु पर्दछ । त्यसैले यो कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम भएको हुनाले यसलाई अभियानकै रूपमा सन्चालनमा ल्याईएको पाईन्छ ।

के हो त भिटामिन ए :

ब्यक्तिको शारीरिक क्रियाकलापलाई नियन्त्रण गरी राम्रोसंग कार्य गर्न थोरै मात्रामा चाहिने तर शरीरलाई नभै नहुने शुक्ष्मपोषक तत्वको रूपमा मानिने रासायनिक पदार्थलाई भिटामिन भनिन्छ । भिटामिन ए ले शरीरलाई बिभिन्न किसिमका संक्रमण रोकथाम गर्दछ । आँखालाई स्वस्थ राख्दछ । बालबालिकाको बृद्वि विकासमा महत्वपूर्ण सहायता गर्दछ । यो आमाको बिगौति दुध, सिङ्गो माछा, जनावरको दुध, हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी, अन्डा, पंहेला फलफुल, तरकारी, फर्सी, मेवा आदीमा श्रोतको रूपमा पाईन्छ भने तयारी क्याप्सुलको रूपमा बिभिन्न मात्रामा सुरक्षित साथ तयार पारिएको हुन्छ । त्यसैले यसलाई अत्यन्तै महत्वपूर्ण र स्वस्थबद्र्वक पोषक तत्वको रूपमा मानिएको छ ।

यसरी नेपाल सरकारबाट निशुल्करूपमा बितरण गरिएका यी महत्वपूर्ण स्वास्थ्य सम्बन्धि अभियानका कार्यक्रमहरूलाई आ– आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बालबालिकाले प्राप्त गर्ने समय अबधिका आधारमा अनिवार्य रूपमा गएर बालबालिकाहरूलाई यस्ता प्राणघातक डरलाग्दा रोगहरूबाट बचाउनको लागी औषधि सेवन गराउनु हरेक बाबाआमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य मानिन्छ । साथसाथै यही मिति २०८० कार्तिक १७ र १८ गते संचालित हुने भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी भई भब्यताका साथ सफल पारौं । प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पुर्ण सरोकारवालाहरू, शिक्षक शिक्षिकाहरू, साम«दायिक महिला स्वास्थ्य स्वयंसेबिका, राज्यका तिनै तहका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासन लगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्यता रहेमामात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ । त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं । आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?